८ वैशाख २०८१ शनिबार
समाज

घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालज्योति मावि विसनपुर कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रकुमार मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ।     
     
शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिएको अभियोग उनीहरुमाथि लागेको छ। आयोगको बुटवलबाट खटिई गएको टोलीले शिवराज नगरपालिका–५ चन्द्रौटास्थित न्यू सिद्धार्थ होटलबाट पक्राउ गरेको हो।

आरोपीद्वयको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। रासस

प्रकाशित: १४ आश्विन २०७६ १२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App