८ वैशाख २०८१ शनिबार
समाज

छात्रालाई अस्कर कलेजको छात्रवृत्ति

काठमाडौं– काठमाडौंस्थित अस्कर फिल्म कलेजले नयाँ शैक्षिक सत्रका लागि ६ जना छात्रालाई छात्रवृत्ति दिएको छ । फिल्म विषय पढ्न छात्राहरु आकर्षित होऊन् भन्ने उद्देश्यले भर्ना हुन आएका सबै ६ जनालाई छात्रवृत्ति प्रदान गरिएको कलेज प्रमुख विनोद पौडेलले बताए ।
कलेजले उनीहरुलाई ५० प्रतिशत छात्रवृत्ति दिएको हो । कलेजमा स्नातक तहको तीन वर्षे ‘फिल्म स्टडिज’ पढ्न चार लाख रुपैयाँ शुल्क लिइने गरिन्छ । त्यसैले प्रत्येक छात्राले जम्मा दुई लाख रुपैयाँ तिरे पुग्ने भएको छ । ती ६ जनामध्ये दुईलाई चलचित्र विकास बोर्डले २५ प्रतिशत थप छात्रवृत्ति दिने प्रावधान छ ।
‘फिल्म विषयप्रति छात्राहरुमा खासै उत्साह पाएका थिएनौं, त्यसैले हामीले यो स्किम ल्याएका हौं,’ कलेज प्रमुख विनोद पौडेलले भने, ‘यो स्किमले सोचेजस्तो काम त गरेन । तैपनि पोहोर दुईजना मात्र थिए, यसपालि ६ जना पुगेको छ । हामी सन्तुष्ट छौं ।’ कलेजले इतुशा पोखरेल, अनु थापा, मीरा गुरुङ, निलिशा श्रेष्ठ, विशेषता पोखरेल र हिना गुरुङलाई छात्रवृत्ति दिएको छ ।
‘फिल्मको स्टोरी टेलिङ माध्यमलाई महिलाले खासै सदुपयोग गर्न सकेको छैनजस्तो लाग्छ, महिलाको अभिव्यक्तिलाई फिल्ममा पनि सशक्त बनाउन जरुरी छ,’ पौडेलले थपे, ‘त्यसैले फिल्म अध्ययनमा महिला विद्यार्थीलाई सकेसम्म प्रोत्साहित ग¥यौं भने फिल्ममा महिलाको अभिव्यक्ति सशक्त हुँदै जाने सम्भावना छ ।’
६० जना विद्यार्थीसहित कलेजमा स्नातक पहिलो वर्षको पढाइ सुरु भइसकेको छ । आइतबार सुरु भएको सातदिने ओरियन्टेसन कक्षामा लक्ष्मीनाथ शर्मा, नरेन्द्र खड्का, नकिम उद्दिन, निश्चल बस्नेतजस्ता फिल्मका विभिन्न विधाका हस्तीहरुले आफ्ना अनुभव सुनाउँदै छन् ।  
 

प्रकाशित: १० मंसिर २०७३ ११:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App