८ वैशाख २०८१ शनिबार
समाज

सवारी दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं–बेग्लाबेग्लै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। सर्लाही कर्मैया–५ स्थित महेन्द्र राजमार्गमा ना.१६ प २५९६ नम्बरको मोटरसाइकललाई ना.४ ख ५३३७ नम्बरको बसले ठक्कर दिँदा एकको मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार ५५ वर्षीय मानबिर लिम्बुको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनलाई नमुना अस्पताल हरीवन पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

धनुषाधाम नगरपालिका–७ भगवानपुर सडकमा ज.४ प २४५२ नम्बरको मोटरसाइकलले साईकलयात्रीलाई बचाउने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ४५ वर्षीय रामएकवाल सदाको मृत्यु भएको छ।

स्याङ्जा बाङसिङ–२ स्थित सडकमा ग.१ ख ३१६७ नम्बरको बसले ग.५ प ५८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्याङ्जा सेतीदोभान–७ बस्ने ४९ वर्षीय क्षेत्र वहादुर केसी गम्भीर घाइते भएकाले उपचारको लागि चरक अस्पताल पोखरा पठाइएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १० मंसिर २०७३ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App