coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दसैंमा घर आउने-जानेको लर्काे

दसैंका लागि खलंगा छोडेर घर जान शान्तिचौताराबाट बस चढ्दै  सर्वसाधारण ।  तस्बिरः जनक/नागरिक

जाजरकोट– हिन्दु नेपालीहरुको महान चाड दसैं नजिकिदै जाँदा जाजरकोटमा बाहिर जाने र जाजरकोट भित्रिने सर्वसाधारणको संख्या बढ्दै गएको छ। जिल्लाका विभिन्न नाकाबाट घर आउने र वाहिर जानेहरुको संख्या केहि दिन देखि बढेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार छेडाचौर, मटेला, रिम्ना र कुदुलगायतका नाकाबाट जिल्ला भित्रिने र बाहिरीने सर्वसाधारणहरुको संख्या वढ्ने क्रममा रहेको छ। जिल्ला बाहिर अध्ययन, व्यापार, जागिर तथा अन्य कामले रहेका सर्वसाधारणहरु दसैं मान्न घर फर्कन थालेका छन्। सर्वसाधारणहरु दसैं मान्न घर जान थालेपछि जिल्लामा सवारी साधनको अभावसमेत हुन थालेको छ।

सवारी साधनको अभावले स्थानीयहरुलाई सुर्खेत नेपालगन्ज हँुदै जिल्ला आउन र जिल्ला सदरमुकामबाट विभिन्न गाउँमा जान सास्ती हुने गरेको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार अहिले दैनिक रुपमा सदरमुकाम खलंगाबाट ८ सय ५० जनाले जिल्ला छोडिरहेका छन् भने जिल्ला भित्रिनेरु दुई सय बढी रहेका छन्। यो दर दिनदिनै बढ्दै गएको प्रहरीले जनाएको छ। जिल्ला सदरमुकामलगायत  विभिन्न बजार र वस्तीहरुमा दसैंको चहलपहल बढ्दै गएपछि सुरक्षा अवस्थामा चुनौती थपिएको भन्दै स्थानीय प्रशासनले सुरक्षा अवस्था कडा पारेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सदरमुकामलगायतका बजार वस्तीहरुमा  लामो र छोटो दुरीका प्रहरी गस्तीहरु बढाइएको, जिल्ला प्रवेश गर्ने विभिन्न नाकाहरुमा चेकजाँच कडा पारिएको, वैंक, अदालत, वित्तिय सस्थाहरुको सुरक्षा व्यवस्था कडा पारिएको बताए। उनले  प्रदेश सरकारले खटाएका थप सुरक्षाकर्मीहरुलाई अतिरिक्त रुपमा बजारहरुमा परिचालन गरिएको विप्लवका गतिविधिहरुलाई पनि निगरानी बढाइएको, सुरक्षा संवेदनशीलता भएका यातायात र अन्य क्षेत्रमा विशेष ध्यान दिइएको बताए।

यस्तै जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी श्यामबहादुर खत्रीले दसैं र तिहारको सुरक्षा संवेदनशीलतालाई हेरेर प्रहरीहरुलाई क्रिया र सुत्केरी विदा बाहेक अन्य सबै विदा दिन बन्द गरिएको बताए।

यस्तै  प्रहरी प्रमुख खत्रीले सदरमुकामलगायतका बजारहरुमा साँझ ८ बजेदेखि मदिरा बिक्रि वितरण पुर्ण रुपमा बन्द गरिएको, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा गस्ती तथा अन्य सुरक्षा गतिविधिहरु सुरु गरिएको, सवारी साधनमा समय कार्ड लागु गरिएको, ट्राफिक प्रहरीमार्फत सवारी चेकजाँचमा कडाइ गरिएको  बताए। दसैं तिहार र छठ पर्वलाई लक्षित गरि जिल्लामा सुरक्षाकर्मीको संख्या पनि बढाइएको घटना घटेपछि तुरुन्त प्रहरीको उपस्थिति हुने गरि प्रबन्ध पनि मिलाइएको  प्रमुख खत्रीले बताए।

उता चाडपर्व र अन्य बेलामा घटना घटेको  धेरैपछि प्रहरी पुग्ने र अपराधीहरु फुत्किने गरेको स्थानीयको गुनासो छ। खबर गरेपनि तुरुन्त घटनास्थलमा नपुग्ने,  दोषी र अपराधीहरुविरुद्ध आक्रामक नहुने, अपराधीहरु र दोषीहरु राजनीतिक पावरको भरमा संरक्षित हुने तथा प्रहरी मेरा साथी भन्ने नारालाई यथार्थमा व्यवहारमा लागु गर्न शसक्त सक्रियता नदेखिने गरेको सर्वसाधारणहरुको गुनासो छ। सर्वसाधारण जनताले न्याय, सुरक्षा र शान्तिको अनुभुति हुने गरि सरकारी निकाय र सुरक्षाकर्मीले पीडित मैत्री व्यवहार  गर्नु पर्ने उनीहरुको माग छ।

प्रकाशित: १४ आश्विन २०७६ ०९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App