गयल शिक्षकको तलब कटाएर पुस्तकालय स्थापना

शुक्रबार, १० मङि्सर २०७३, १६ : १६ नागरिक

जाजरकोट-जिल्ला शिक्षा कार्यालयले गयल शिक्षकको तलब कटाएर विद्यालयमा पुस्तकाय खोल्ने बताएको छ ।

शिक्षा कार्यालयले विद्यालयमा नआएर तलब खाने शिक्षकको तलब कट्टा गरी जम्मा हुने रकमबाट विद्यालयमा पुस्तकालय बनाउने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए ।

यसको औपचारिक सुरुवात जिल्लाको भैरव आधारभूत विद्यालय भेरी मालिका १० भुरचौरबाट गरिएको छ । यहाँका शिक्षक १० दिनसम्म विद्यालय नआएका कारण शिक्षककै तलब काटेर यो विद्यालयमा पुस्तकाय स्थापना गर्न प्रधानाध्यापक जनकबहादुर गिरीलाई निर्देशन दिए ।

अबको १० दिनभित्र यो विद्यालयले गयल शिक्षकको तलब र जिल्ला शिक्षा अधिकारीले व्यक्तिगतरुपमा दिएको केही रकमबाट पुस्तकालय स्थापना गर्न लागिएको हो ।

जिल्लाका सबै विद्यालयमा पुस्तकालय स्थापना गर्ने जिल्ला शिक्षा कार्यालयको योजनाअनुसार नै यो विद्यालयमा सुरुवात गरिएको हो ।

विद्यालयमा नगएर व्यक्तिगत काममा लाग्ने शिक्षकलाई यसरी नै सजाय हुने जिल्ला शिक्षा अधिकारी सिंहले जानकारी दिए । विद्यालयमा विद्यार्थी नआएमा किन आएनन् भनेर अभिभावकसँग छलफल गर्न समेत उहाँले जिल्लाका सबै विद्यालयलाई निर्देशन दिए ।

छात्रवृत्ति वितरण गर्दा कम्तीमा ७५ प्रतिशत विद्यालयमा आउने विद्यार्थीलाई मात्र दिन उहाँको सुझाव रहेको छ । रासस








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad