coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ताइवानमा पुल भत्कियो, छ जना पुरिएको आशंका

ताइपेइ– ताइवानमा मंगलबार भत्किएको एउटा पुलभित्र कम्तीमा छ जना पुरिएको आशंका गरिएको छ। पुलले एउटा माछा मार्ने डुङ्गालाई थिचेको र त्यस डुङ्गामा कम्तीमा छ जना सवार रहेको उद्धारकर्मीले आंशका गरेका छन्।     
     
करिब १ सय ४० मिटर लामो पुलले डुङ्गालाई थिचेको दृश्य सिसिटिभी क्यामेराले खिचेको थियो। यो पुल ताइवानको पूर्वी तटीय क्षेत्रको नानफान्गाओमा रहेको थियो।     
     
नेसनल फायर एजेन्सीले डुङ्गामा सवार छ जना क्षतिग्रस्त डुङ्गाभित्रै दबेको हुनसक्ने जनाएको छ। उनीहरुलाई बचाउन निकै मुश्किल रहेको पनि एजेन्सीले बताएको छ।     
     
पुल भत्किएका कारण अरु १२ जना घाइते भएका छन् जसमा छ जना फिलिपिनो र तीन जना इन्डोनेसियाली नागरिक छन्। एजेन्सीले खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ। ताइवानकी राष्ट्रपति चाई इङ–वेनले उद्धार कार्य जतिसक्दो चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन्।     
     
सन् १९९८ मा मात्र निर्माण भएको उक्त पुल कसरी भत्कियो भन्ने अझै स्पष्ट हुन सकेको छैन। सोमबार राति ताइवानको पूर्वी तटीय क्षेत्रमा निकै ठूलो आँधी आएपनि मंगलबार मौसम सफा रहेको थियो। रासस

प्रकाशित: १४ आश्विन २०७६ ०७:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App