७ वैशाख २०८१ शुक्रबार
समाज

डोजर पल्टिँदा सहचालकको मृत्यु

मान्म- जिल्लाको खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।   

कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिँएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबहादुर ओलियाले बताए।

‘आज बिहान ४ बजे डोजर पल्टिँएको हो।’ उनले भने, 'अहिले जिल्ला अस्पताल कालीकोटमा शव परीक्षणको लागि लगिएको छ।' रासस

प्रकाशित: १४ आश्विन २०७६ ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App