७ वैशाख २०८१ शुक्रबार
प्रवास

युएईमा सडक दुर्घटना : ६ नेपालीसहित ८ जनाको मृत्यु

काठमाडौं -  युएईमा सडक दुर्घटनामा परी ६ जना नेपालीसहित ८ जनाको ज्यान गएको छ। सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीसँग ठोक्किएर उक्त दुर्घटना हुँदा ज्यान गुमाउनेमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद रहेको युएईस्थित नेपाली दूतावासले जनाएको छ।

फस्ट सेक्युरिटीमा काम गर्ने सेक्युरिटी गार्ड बोकेर गुडेको मिनीबसउक्त लरीसँग ठोक्किएको थियो।  दुर्घटनामा परी ज्यान गुमाउने नेपालीहरुको स्थायी ठेगाना भने खुलेको छैन।

६ जना नेपालीको सडक दुर्घटनामा निधन भएको प्रति समवेदना प्रकट गर्दै नेपाली दूतावास आवुधाबीका राजदूत कृष्णप्रसाद ढकालले मृतकका लागि आवश्यक सहयोग दूतावासले गर्ने सामाजिक सञ्जालमार्फत जनाएका छन्।

युएईस्थित विभिन्न सञ्चारमाध्यमहरुका अनुसार ज्यान जाने अन्यमा पाकिस्तानी र भारतीय नागरिक रहेका छन्। त्यहाँको स्थानीय प्रहरीका अनुसार घाइतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक छन्।  घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। हाल उनीहरुको दुबईस्थित अल रसिद अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

प्रकाशित: १४ आश्विन २०७६ ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App