८ वैशाख २०८१ शनिबार
समाज

सुतिरहेका बृद्धको सिलाैटाले हानेर हत्या

सप्तरी–सिलौटा प्रहर गरी हत्या गरेको अभियोगमा डाँडा–८ बस्ने ६० वर्षीय भोला सदालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका सदाले गएराति सोही ठाउँ बस्ने ६० वर्षीय खटर सदालाई घरमा सुतिरहेको अवस्थामा मसला पिस्ने सिलौटाले टाउकोमा हिर्काएर ज्यान लिएका हुन्।

गम्भीर घाइते भएकोले उपचारको लागि सगरमाथा अंचल अस्पताल राजबिराज लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १० मंसिर २०७३ ०८:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App