८ वैशाख २०८१ शनिबार
समाज

अरिङ्गाल झार्न जाँदा लडेर मृत्यु

ताप्लेजुङ- अरिङ्गालको गोला डढाउन रुखका चढेका ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ साँघुको गौतमडाँडा बस्ने ३० वर्षीय गोबिन्द लिम्बूको रुखबाट झरेर मृत्यु भएको छ ।

गोबिन्द र उनकै काकाका छोरा जितहाङ रुखमा रहेको अरिङ्गाल झार्न गएकाका रुखमा चढेका गोबिन्दको रुखबाट झरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख,(डिएसपी)ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

घटनाका बारेमा बिस्तृत जानकारीका लागि इलाका प्रहरी कार्यालय दोभान र साँघुमा रहेको प्रहरी चौकीबाट प्रहरी टोली परिचालित भएको छ ।

प्रकाशित: १४ आश्विन २०७६ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App