१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

उत्कृष्टता प्रमाणित गर्दै रामसे

 मिलान – एरोन रामसेले इटालियन सिरी ‘ए’ मा बिस्तारै आफ्नो उत्कृष्टता प्रमाणित गर्दै लगेका छन्। रामसे यसै सिजन मात्र इङ्लिस प्रिमियर लिग क्लब आर्सनलबाट इटालियन महारथी युभेन्ट्स भित्रिएका थिए।

८ पटकको इटालियन विजेता युभेन्ट्सबाट २८ वर्षे रामसेले तीन खेलमा प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। आर्सनल बसाइको अन्त्यमा ह्यामस्ट्रिङको समस्या देखिए पनि सिरी ‘ए’ मा भने उनी पूर्ण रूपमा फिट भइसकेका छन्।

सेप्टेम्बर २१ मा भेरोनाविरुद्ध डेब्यु गोल गरेका रामसेले ब्रेसिया र एसपिएएलविरुद्ध जित हात पारेको खेलमा समेत प्रभावशाली प्रदर्शन गरेका थिए।
‘यो साता सिरी ‘ए’ को तीन  खेलमा तीनवटै जित। मंगलबार च्याम्पियन्स लिग खेल्दै छांै,’ रामसेले सामाजिक सञ्जालमा लेखेका छन्।
समूहचरणको पहिलो खेलमा एट्लेटिको मड्रिडसँग २–२ को बराबरी खेलेको युभेन्ट्सले मंगलबार दोस्रो खेलमा बायर लेभरकुसनलाई आतिथ्यता प्रदान गर्दै छ।

एट्लेटिकोविरुद्धको खेलमा रामसे वैकल्पिक खेलाडीको रूपमा खेलको अन्तिम समयमा मात्र मैदान प्रवेश गरेका थिए। ‘यो क्षणका लागि मैले धेरै कुरेको छु। म धेरै खुसी छु, गोल र जितका लागि,’ रामसेले गोल गरेपछि भनेका थिए, ‘एट्लेटिकोविरुद्धको खेलपछि पनि लयमा रहनु राम्रो संकेत हो।’

निमोनियाका कारण केही खेलपछि मात्र टोली सम्हालेका प्रशिक्षक माउरिसियो सारीले पनि नयाँ रणनीति अपनाउँदा रामसेलाई प्राथमिकतामा राखेका छन्। ‘हामी रामसेले धेरैभन्दा धेरै खेल खेलून् भन्ने चाहन्छांै। त्यसै कारण उनलाई वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गराइएको हो। ६० मिनेट खेल्नु र ९० मिनेट खेल्नुमा फरक छ।’

 

प्रकाशित: १४ आश्विन २०७६ ०३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App