१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

उमेस र एस्तरलाई झापा स्पोर्टस अवार्ड

दमक - झाापा स्पोट्स अवार्डमा उमेश राई पुरुष तर्फ र एस्तर राई महिला तर्फ सर्वोष्कृष्ट खेलाडी घोषित भएका छन््। उनीहरुले क्रमशः मोटरसाइकल र स्कुटर प्राप्त गरेका छन्।

झापा स्पोर्टस् अवार्ड २०७५ मा शारिरीक सुगठनका साउथ एसियन च्याम्पीयन उमेश राईले बर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल जितेका छन्। उनले मनोनयनमा परेका फुटबलर नवयुग श्रेष्ठ र शारिरीक सुगठनका राम दाहाललाई पछि पारेका हुन्। राई साउथ एसियन च्याम्पियन हुन्।

स्पोर्टस् अवार्डको बर्ष उत्कृष्ट खेलाडी महिलातर्फको अवार्ड झापाकी करा“ते खेलाडी एस्तर राईले जितिन। एकेएफ केडेट च्याम्पियन राईले मनोनयनमा परेका फुटबलर एन्जिला तुम्बापो र भलिवलकी बिनिता बुढाथोकीलाई पछि पारिन। यसैगरी बर्ष उत्कृष्ट खेलाडी युवाको अवार्ड क्रिकेटर अप्सरी बेगमले जितेकी छन्। मेचीनगरकी बेगमले मनोनयनमा परेका फुटबलर छिरिङ गुरुङ र ब्याटमिन्टनकी अमिता गिरीलाई पछाडि पारेकी थिइन। युवा बर्ष खेलाडी भएकी बेगमले नगद २५ हजार रुपैया“ प्राप्त गरिन।

बर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड फुटबलका हरि खड्काले जिते। उनले बक्सिङका डम्बर लिम्बू र करा“तेका प्रशिक्षक योगेश राईलाई अछाडि पारे। खड्काले नगद २५ हजार रुपैया“ हात पारे। पिपुल्स च्वाइ“जको अवार्ड फुटबलर कर्ण लिम्बूले जिते। उनले नगद २५ हजार रुपैया“ प्राप्त गरे।

लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार भलिवलका गणेश विक्रम नेम्वाङले प्राप्त गरे। उनले नगद ३५ हजार रुपैया“ प्राप्त गरे। ०६६ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर स्वर्गीय आशिष विक्रम नेम्वाङको स्मृतिमा अवार्ड पछिल्लो तीन बर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ।

 

प्रकाशित: १४ आश्विन २०७६ ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App