६ वैशाख २०८१ बिहीबार
खेल

एसी मिलान फियोरिन्टनासँग स्तब्ध

मिलान – इटालियन सिरी ‘ए’ मा यसै सिजन मात्र बढुवा भएको टोली बेरिस्काविरुद्ध नेपोलीले २–१ को जित निकाल्दाको दिन आइतबार दश खेलाडीमा सीमित एसी मिलान फियोरिन्टनासँग ३–१ ले स्तब्ध भएको छ ।

सिरी ‘ए’ मा बढुवा भएको बेरिस्कासँग नेपोलीले पहिलो हाफमा नै २–० को अग्रता बनाएको थियो । पछि परेको बेरिस्काले दोस्रो हाफमा सन्तुलित खेल प्रदर्शन गर्दै एक गोल फर्काए पनि हार टार्न सकेन । नेपोलीको जितका लागि डेरिस मेर्टेन्सले १३औं र कोस्टास मनोइसले ४५औं मिनेटमा गोल गरेका थिए । यस्तै बेरिस्काका लागि मारियो बालाटोलीले ६७औं मिनेटमा गोल गर्दै अग्रता छोट्याएका थिए ।

जितसँगै घरेलु टोली नेपोलीले महŒवपूर्ण तीन अंक जोड्दै तालिकामा स्थान सुधार गरेको छ । नेपोलीले ६ खेलबाट १२ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । यस जितसँगै यसै साता च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्न लागेको टोली नेपोलीको मनोबल बढेको छ । नेपोलीले बुधबार गेन्कसँग प्रतिस्पर्धा गर्दै छ ।

लिगअन्तर्गत आइतबारै सम्पन्न अर्को खेलमा १० खेलाडीमा सीमित एसी मिलानविरुद्ध फियोरिन्टिनाले रोमाञ्चक ३–१ को जित दर्ता गरेको छ । आइतबारको पराजयसँगै मिलानले लिगमा लगातार तेस्रो खेल गुमाएको छ । ६ खेलबाट ६ अंक जोड्दै तालिकाको १६औं स्थानमा धकेलिँदा फियोरिन्टना भने आठौं स्थानमा उक्लिएको छ । फियोरिन्टनाको जितका लागि इरिक पुल्गरले १४औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै आफ्नो टोलीलाई सुरुआती अग्रता दिलाए ।

५५औं मिनेटमा मिलानका माटेओ मौसाचियोले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिँदा मिलान बाँकी समय १० खेलाडीमा खुम्चिएको थियो । फियोरिन्टनाले दश खेलाडीको फाइदा उठाउँदै ६६औं र ७८औं मिनेटमा गोल गर्दै फाइदा उठायो । गेइतानो कास्ट्रोभिल्लीले टोलीका लागि दोस्रो गोल गर्दा फ्रान्क रिबेरीले टोलीका लागि तेस्रो गोल गरे । ८०औं मिनेटमा घरेलु टोलीले गोल फर्काउँदै खेलमा फर्किने संकेत देखायो । तर बाँकी समयमा पाएका अवसर सदुपयोग गर्न नसक्दा घरेलु मैदानमा स्तब्ध हुन पुग्यो । पराजित मिलानको बिहीबार स्पेनिस क्लब बार्सिलोनासँग हुने च्याम्पियन्स लिगको खेलका लागि मनोबल घटेको छ ।

पराजित टोलीका प्रशिक्षक मार्को जियमपाओलोले टोलीले अभ्यासबिना नै खेले जसरी खेलेको प्रतिक्रिया दिए । ‘आजको खेलमा खेलाडी अभ्यासबिना नै मैदान उत्रिएजस्तो खेल देखाए । कुनै पनि खेलाडीले तालमेल मिलाउन सकेनन् ।’ फियोरिन्टनाका लागि तेस्रो गोल गरेका बायर्न म्युनिखका पूर्वखेलाडी फ्रान्क रिबेरीले टोलीका लागि पहिलो गोल गरेका हुन् ।यस जितसँगै यसै साता च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्न लागेको टोली नेपोलीको मनोबल बढेको छ । नेपोलीले बुधबार गेन्कसँग प्रतिस्पर्धा गर्दै छ ।

 

प्रकाशित: १४ आश्विन २०७६ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App