७ वैशाख २०८१ शुक्रबार
खेल

सेमिफाइलन समीकरण पूरा

सिन्धुपाल्चोक - सदरमुकाममा जारी सर्वाधिक पुरस्कार राशिको कालिकादेवी संस्थापक कप भलिबल प्रतियोगिताको सेमिफाइलन समीकरण पूरा भएको छ। सोमबार सम्पन्न क्वार्टरफाइलनका खेल जित्दै चौतारा साँगाचोकगढी, मेलम्ची नगरपालिका तथा इन्द्रावती र हेलम्बु गाउँपालिकाले अन्तिम चारमा स्थान सुनिश्चित गरेका हुन्।

सेमिफाइलन समीकरणअनुसार फाइनल प्रवेशका लागि चौतारा र इन्द्रावती भिड्दा मेलम्चीविरुद्ध हेलम्बु प्रतिस्पर्धामा उत्रनेछ। दुवै सेमिफाइलन खेल मंगलबार हुनेछन्।

यसअघि प्रतिस्पर्धात्मक क्वार्टरफाइलनमा सुनकोसी गाउँपालिकालाई ३–१ सेटले हराउँदै हेलम्बुले बाजी मा¥यो। इन्द्रबहादुर खड्काको म्यान अफ दी म्याच प्रदर्शन प्रेरित हेलम्बुले सुनकोसीलाई २५–२०, २५–१५, २२–२५ र २५–१५ ले स्तब्ध बनायो। मेलम्चीले पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको हो। २५–२३, २५–२२ र २५–८ ले खेल आफ्नो पक्षमा पार्दा मेलम्चीका सरोज थापा म्यान अफ दी म्याच चुनिए।

त्यस्तै अर्को प्रतिस्पर्धात्मक खेलमा इन्द्रावतीले जुगल गाउँपालिकालाई २५–२२, २५–२० र २५–२० को सोझो सेटमा स्तब्ध बनायो। आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायम राख्दै इन्द्रावतीका विक्रम तामाङ म्यान अफ दी म्याच चुनिए। बलेफी गाउँपालिकालाई ३–० को सोझो सेटमा निराश बनाउँदै चौताराले उपाधि होड कायमै राखेको हो। १५–२५, २०–२५ र १५–२५ ले बलेफीलाई पाखा लगाएको खेलमा चौताराका विवेक तामाङ म्यान अफ दी म्याच घोषित भए।

 

प्रकाशित: १४ आश्विन २०७६ ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App