coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रसुवागढी जलविद्युत् आयोजनाको स्टोरमा आगलागी

रसुवा - रसुवागढी जलविद्युत् आयोजनाको ड्याम साइडमा रहेको सिभिलतर्फको स्टोरमा आगलागी भएको छ । आगलागीले त्यहाँ करिब १ करोड रुपयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

सोमबार राति ११ बजेर ५ मिनेट जाँदा आगलागी भएको हो । स्टोरमा रहेका प्लाइउड, पिभिसी पाइप, बेडिङ लगायतका सामग्री जलेका छन् । आयोजनाका अनुसार राति साढे ११ बजे आगो नियन्त्रणमा आएको थियो ।

छोटो समयमा नै आगो नियन्त्रणमा लिन सकिएका कारण थप क्षति हुनबाट जोगिएको बताइएको छ । विद्युत् सर्ट भएर आगलागी नभएको प्रारम्भिक अनुमान छ । थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित: १४ आश्विन २०७६ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App