८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतमा बाढी, कम्तीमा ११३ को मृत्यु

नयाँ दिल्ली – ठूलो वर्षाका कारण आएको बाढीमा परी भारतका बिहार  र उत्तर प्रदेश राज्यमा एक सय १३ जना भन्दा बढीको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

ती राज्यका सहरी क्षेत्रमा वर्षा र बाढीले जनजीवनलाई नराम्ररी प्रभावित बनाएको छ। भारतीय अधिकारीहरुका अनुसार अविरल वर्षाका कारण आएको बाढीले गर्दा रेल सेवा, अन्य यातायात सेवा, स्वास्थ्य सेवा, विद्यालय तथा विद्युत् आपूर्ति अस्तव्यस्त भएका छन्। बाढीका कारण बिहीबारयता उत्तर प्रदेशमा मात्रै ९३ जनाको मृत्यु भएको बताइएको छ।

बिहार राज्य विपद् व्यवस्थापन निकायका अनुसार सोमबारसम्म बिहारमा २९ जनाको बाढीका कारण मृत्यु भइसकेको छ। बाढीले बिहारको मुख्य सहर पटना पनि प्रभावित भएको छ। बाढीका कारण अधिकांश क्षेत्र डुबेपछि पटनामा मानिस डुंगा चढ्न बाध्य भएका छन्। सडकमा पानीमा डुबेका सवारीसाधन देखिएका छन्। सामाजिक सञ्जालमा एकजना चालकले पानीबाट आफ्नो रिक्सा तान्न संघर्ष गरिरहेको भिडियो धेरैले पोस्ट गरेका छन्।

भारतीय जलवायु विज्ञान विभागका अनुसार बिहार र आसपासका क्षेत्रमा अझै दुई दिन भारी वर्षा हुने सम्भावना छ।

बिहार सरकारले बाढी प्रभावित मानिसको उद्धार गर्न, सहायता सामग्री र औषधि गाउँ नगरमा पु¥याउन भारतीय वायु सेनालाई दुई वटा हेलिकप्टर उपलब्ध गराउन अनुरोध गरेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ। वर्षा अझै नरोकिएको र खोजी एवं उद्धारका कार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ।

मुख्यमन्त्री नितिस कुमारले आइतबार अपराह्न राज्यको राजधानी पटनाका विभिन्न स्थानको निरीक्षण गरेका थिए। उनले पटनाका डाक बंगला, गान्धी मैदान, कन्कारबाघ सडकलगायतका स्थानहरुको अध्ययन गरी पानी निकासको भरपर्दो व्यवस्था मिलाउन स्थानीय निकायहरुलाई निर्देशन दिएका थिए।

स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै मुख्यमन्त्री नितिश कुमारले भारी वर्षाका कारण गंगाको पानीको सतह बढेका कारण जताततै डुबानको समस्या देखिएको बताएका थिए। उत्तर प्रदेशमा पनि उस्तै परिस्थिति छ। एक स्थानीय बासिन्दाले समाचार संस्था रोयटर्सलाई बताएअनुसार ‘पानीको अवस्था नराम्रो छ। बनारसको अवस्था झनै नराम्रो छ। त्यहाँ ढल निकास बिग्रिएको छ।’भारतीय जलवायु विज्ञान विभागका अनुसार बिहार र आसपासका क्षेत्रमा अझै दुई दिन भारी वर्षा हुने सम्भावना छ।

प्रकाशित: १४ आश्विन २०७६ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App