coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तान राष्ट्रपतीय निर्वाचन : दुवै पक्षद्वारा जितको घोषणा

काबुल – अफगानिस्तानको राष्ट्रपतीय दौडमा अगाडि रहेका दुवै पक्षले आफ्नो जित भएको घोषणा गरेका छन्। अमेरिकी सेनाको नेतृत्वमा तालिबानलाई पदच्यूत गरेपछि पहिलो पटक राष्ट्रपतीय निर्वाचनमा सबैभन्दा कम मतदाताले मतदान गरेको यो निर्वाचनमा अगाडि रहेका दुवै पक्षले जित हासिल गरेको घोषणा गरेको बिबिसीले  उल्लेख गरेको छ।

अफगानिस्तानका वर्तमान राष्ट्रपति असरफ घानीका एक निकट व्यक्तिले आफूहरुको जित भएको बताएको एक दिनपछि प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले पत्रकारहरुसमक्ष आफूले सिधा जित हासिल गरेको दाबी गरेका छन्।

दुवै पक्षले आ–आफ्नो जितको दाबी गरेपनि यथेष्ट प्रमाण भने जुटाउन नसकेको बिबिसीले उल्लेख गरेको छ। देशको स्वतन्त्र निर्वाचन आयोगले भने गत शनिबार सम्पन्न भएको मतदानका मत गणना गर्ने कार्य अझै गरिरहेको छ। उसले नै यो निर्वाचनमा मात्र २५ प्रतिशत मतदान भएको जानकारी दिएको थियो।

निर्वाचन आयोगले यो समाचार तयार पार्दासम्म देशको अनुमानित चार हजार मतदानस्थलमध्येको तीन हजार सात सय ३६ मतदानस्थलका करिब २१ लख ९० हजार मत गणना गरेको बताएको छ।

अफगानिस्तानमा करिब तीन करोड ७० लाख जनसंख्या रहेको छ र त्यसमध्ये केबल ९६ लाख मतदाताको मतदाता नामवलीमा नाम दर्ता छ। निर्वाचनको अन्तिम मत परिणाम आउन लगभग तीन साता लाग्ने अनुमान गरिएकाले कसैले पनि औपचारिक नतिजा घोषणा हुनुपूर्व जित हासिल गरेको घोषणा गर्न नहुने देशको निर्वाचन आयोगका प्रमुख कार्यकारी हबिबुर्राहमन नाङले पत्रकारहरुसँग बताएका छन्।

निर्वाचन आयोगले यस्तो बताए पनि अब्दुल्लाह र घानी दुवै समूहले आफ्नो जित भएको दाबी गरिसकेका छन्। उनीहरुले खसेको मतको कूल ५० प्रतिशत मत आफूले पाएको पनि घोषणा गरिसकेका छन्। अफगानिस्तानको संवैधानिक व्यवस्थाअनुसार पहिलो चरणमा कुनै पनि उम्मेदवारको ५० प्रतिशत मत प्राप्त भएन भने बढी मत ल्याउने दुई प्रतिस्पर्धीक लागि पुनः मतदान हुन्छ।

यसअघि सन् २०१४ मा भएको राष्ट्रपतीय निर्वाचनमा पनि यी दुवै समूहले आ–आफ्नो जित भएको दाबी गरेपछि निर्वाचनको अन्तिम मत परिणाम आउन कैयौं महिना लागेको थियो। तर अन्तिममा अमेरिकाको मध्यस्ततामा दुवै पक्षले राष्ट्रको शक्ति बाँडफाँड गर्ने विषयमा सहमति जनाएका थिए।

किन कम मत खस्यो ?
निर्वाचन आयोगले दिएको तथ्यांक सही हो भने यो निर्वाचनमा पछिल्ला तीनवटा राष्ट्रपतीय निर्वाचनमा भन्दा कम मत खसेको छ। सन् २००४ को निर्वाचनमा ७० प्रतिशत मतदान भएको थियो। सन् २०१४ को राष्ट्रपतीय निर्वाचनअन्तर्गतमो पहिलो चरणमा सो तथ्यांकमा एक तिहाई मतदान कम भएको थियो।

यसपटक अफगानिस्तानमा संघर्षरत तालिबानले निर्वाचन पूर्व व्यापक आक्रमण गरेका कारण त्रसित मतदाताले मतदान नगरेको हुनसक्ने अनुमान गरिएको छ।

 

प्रकाशित: १४ आश्विन २०७६ ०२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App