४ वैशाख २०८१ मंगलबार
राजनीति

अध्यात्मिक चेतना जगाउन गाउँगाउँमा महायज्ञ गरौंः सांसद पहारी

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवं गण्डकी प्रदेशका सांसद राजिव पहारीले अध्यात्मिक चेतना आवश्यक रहेको बताएका छन्। 

कास्कीको लुम्लेमा आयोजित ज्ञान महायज्ञको उद्घाटन गर्दै सांसद पहारीले अध्यात्मिक चेतनाका लागि गाउँ गाउँमा महायज्ञ गर्नुपर्ने बताए। ‘अहिलेको सामाजमा अध्यात्मिक चेतना आवश्यक छ। यसले मानिसलाई स्वनियन्त्रण गर्छ। संस्कारमा बाँधेर राख्छ,’ उनले भने, ‘त्यसकारण टोल टोलमा, गाउँगाउँमा महायज्ञ गरौं।’

सांसद पहारीले धार्मिक स्वतन्त्रताका नाममा धर्म परिवर्तन गर्न नपाइने स्पष्ट पारे। ‘हाम्रो सनातन धर्मलाई लिएर देखिएका विकृतिहरु हटाउनुपर्छ। संस्कृति जगेर्ना गर्नुपर्छ,’ उनले भने।

अध्यात्मिक चेतना नभएका कारण समाजमा हुने अकल्पनीय घटनाले आफूलाई दुःखी बनाउने गरेको भन्दै पहारीले अध्यात्मिक चेतना तथा संस्कृत शिक्षामा जोड दिए। ‘कहिले काहीँ म एक्लै रुन्छु, विकृतिहरु छन्। जन्मदिने आमालाई छोराले मारेको, बाबुले छोरी बलात्कार गरेको, बाबुले छोरा मारेको जस्ता घटना सुन्दा मेरो मन खिन्न हुन्छ’, उनले भने।

महायज्ञबाट सामाजिक कामसहित आस्था, धरोधर र शक्तिपीठको समेत प्रवर्द्धन हुने उनको भनाई छ। पहारीले लुम्ले धार्मिक पर्यटनको हिसाबले सम्भावना बोकेको ठाउँ रहेको बताउँदै मक्तिनाथको मुहान पनि भएको बताए। ‘मोदी मक्तिनाथ खोज्दै नेपाल आउने, हामी खोज्दै विदेश जाने?’ उनले प्रश्न गरे।

प्रकाशित: १३ आश्विन २०७६ १७:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App