७ वैशाख २०८१ शुक्रबार
समाज

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लहान- पूर्व-पश्चिम राजमार्गको जिरोमाइलमा ट्रककको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। च२प ८९५१ नम्बरको मोटरसाइकललाई ना५ख ३४६६ नम्बरको ट्रकले ठक्कर दिँदा सर्लाही चन्द्रगन्जका २५ वर्षीय सुशील दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार ट्रकले मोटरसाइकल चालकलाई ५० मिटरसम्म घिसार्दै लगेको थियो। मृतकको शव लहानस्थित राहुस्मारक अस्पतालमा राखिएको लहान इलाका प्रहरी कार्यालयका डीएसपी राजकुमार केसीले जानकारी दिए।

दुर्घटनापछि स्थानीय र मृतकका आपन्तले राजमार्ग अवरुद्ध पारेका छन्।

प्रकाशित: १६ असार २०७३ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App