७ वैशाख २०८१ शुक्रबार
समाज

माइक्रोबस तोडफोडमा संलग्न दुई पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले पार्किङ गरिरहेको माइक्रोबस तोडफोडमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले काठमाडौँ महानगरपालिका–३१ शङ्खमूलमा पार्किङ गरेर राखेको बा४ख २०५६ नंको माइक्रोबस तोडफोेड गर्ने गोरखाका निशानजङ्ग थापा र उदयपुरका हिमाल खड्कालाई आइतबार राति पक्राउ गरेको हो।    

मादक पदार्थ सेवन गरी थापा र खड्काले माइक्रोबस तोडफोड गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तोडफोडबाट माइक्रोबसको दाहिनेतर्फको सिसामा क्षति पुगेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १३ आश्विन २०७६ १३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App