८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

राष्ट्रसंघको रोहबरमा तीन सय ५० कैदी रिहाई

साना- यमनी हुथी विद्रोहीद्वारा राष्ट्रसंघको रोहवरमा ३ सय ५० कैदी रिहा गर्ने उक्त समूहको अल मसिरा टेलिभिजनले सोमबार जानकारी गराएको छ।     
     
'सोमबार स्वतन्त्र भएका कैदीहरूको रिहाई कैदीहरू आदानप्रदानका लागि स्कटहोममा राष्ट्रसंघको नेतृत्वमा यमनी सरकार र विद्रोहीका प्रतिनिधिबीच भएको सहमति अनुसार भएको छ,' हुथी विद्रोही समूहका कैदीमामिला हेर्ने समितिका प्रमुख अब्दुलकादेर अल–मुर्तादाले भने।     
     
'हामीले अर्को पक्षसँग सोही कदम चाल्न आग्रह गर्दछौँ,' उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। संयुक्त राष्ट्रसंघबाट यसबारे कुनै प्रतिक्रिया आइसकेको छैन।     
     
यमनको विद्रोही हुथी समूह र सरकारले स्टकहोममा गत बर्षको डिसेम्बरमा भएको वार्तामा सात हजार युद्धबन्दीको आदानप्रदान गर्ने सहमति भएको थियो।     
     
तर सहमतिपछि दुवै समूहले सम्झौतालाई कायान्वयन गर्न सकेका थिएनन्। सम्झौता अनुरूप विद्रोहीको प्रभाव क्षेत्र होडैडा वन्दरगाह शहरबाट सेनालाई हटाउने बिषयमा विवाद बल्झिँदा गृहयुद्धको वृहद् राजनीतिक समाधानका लागि पहिलो चरणमा गरिने भनिएको युद्धबन्दीको आदानप्रदानका लागि भएको सहमति पालनामा समस्या भएको थियो।     
     
सोमबारको कदम यमनको युद्ध अन्त्यका लागि गरिएको सहमति पालनाको पहिलो कार्य हो।     
     
यमनमा साउदी अरब नेतृत्वको सैनिक गठबन्धनले इरानको समर्थन प्राप्त हुथी विद्रोहीविरूद्ध यमनी सरकारलाई सघाउँदै आएको छ। यमनमा विगत चार बर्षदेखि साउदी अरब नेतृत्वको गठबन्धन सेनाले विश्व समुदायबाट समर्थन प्राप्त यमनी राष्ट्रपति अब्द– रब्ब मन्सुर हाडीको सरकारलाई सहयोग गर्दै आएको छ। रासस

प्रकाशित: १३ आश्विन २०७६ १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App