८ वैशाख २०८१ शनिबार
खेल

अभ्यासमा नेपाली टोलीको पराजय

काठमाडौं- एसिया कप ट्वान्टी-२० महिला क्रिकेट प्रतियोगिताअघिको अभ्यास खेलमा बिहीबार नेपाली टोली आयोजक थाइल्यान्डसँग १९ रनले पराजित भएको छ। सातौं नम्बरकी खेलाडी चानिदा सुटहिरुवाङ अविजित ३५ रन जोडेपछि घरेलु टोलीले निर्धारित २० ओभर पूरा खेल्दै ७ विकेट गुमाई ८२ रन जोड्यो। ३४ बल खेलेकी चानिदाले नेपाली बलरलाई तनाबमा राखिन्। उनलाई क्रिजमा साथ दिएकी साइनाममिन सिन्याले अविजित १० रन जोडिन्।

ओपनर नाटाकान चान्तथाम (१०)  नेपालकी कप्तान रुबिना क्षेत्रीको बलमा नेरी थापाबाट क्याचआउट भइन्। नेपालबाट सरस्वती चौधरी, सीता रानामगर र करुणा भण्डारीले २–२ विकेट लिए।

८३ रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा ६३ रनमै अलआउट भयो। नेरी थापाले १७ रन बाहेक अन्यले दोहोरो स्कोरमा रन जोड्न सकेनन्। लगातार विकेट गएको इनिङमा नेरीले २३ बलमा १ चौका प्रहार गर्दै नेपालको स्कोर बढाएकी थिइन्। उनी साइनाममिनको बलमा बोल्ड भइन्। पाँचौं विकेटका रूपमा नेरी आउट भएकी हुन्। सुरुआती चार ब्याट्सवुमनले चार रनमात्र जोड्न सकेका थिए। त्यसपछिका खेलाडीले क्रिजमा प्रभाव देखाउन सकेनन्।

प्रशिक्षक राजु बस्न्यातको नेतृत्वमा नेपाली टोली प्रतियोगिता खेल्न थाइल्यान्ड गएको हो। हङकङमा एक महिनाअघि सम्पन्नआइसिसी महिला विश्वकप छनोटमा दोस्रो भएपछि नेपाल एसिया कपलाई छनोट भएको थियो।

एसिया कपमा नेपालले मंसिर ११ मा पाकिस्तानसँग खेल्नेछ। नेपालले १३ माश्रीलंका, १४मा बंगलादेश र १६ मा आयोजक थाइल्यान्ड र मंसिर १७मा साबिक विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ।

बिदाइमा प्रशिक्षक बस्न्यातले टेस्ट राष्ट्रलाई हराउने लक्ष्यसहित प्रतियोगिता खेल्न लागेको बताएका थिए।

नेपाली टोली

रुबिना क्षेत्री (कप्तान), इन्दु बर्मा, ज्योतिपाण्डे, काजोल श्रेष्ठ, करुणाभण्डारी, नेरी थापा, नीरा राजोपाध्याय, रश्मीशर्मा चौलागाईं,रोशनीबोहरा, सवनम राई, संगीता राई, सरस्वतीचौधरी, सरिता मगर, सीता रानामगर र शोभाआले छन्।

प्रकाशित: १० मंसिर २०७३ ०६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App