७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

पतिकै अगाडि महिलाको सामूहिक बलात्कार, १४ जना पक्राउ

हैदराबाद (भारत)– भारतको हैदराबादमा एक महिलाको पतिकै अगाडि सामूहिक बलात्कार भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ। 

समाचार एजेन्सी एएनआईका अनुसार हैदराबादको राचकोंडामा कुखुरा फार्ममा काम गर्ने महिला र उनका पतिलाई दुई दिनसम्म बन्धक बनाएर ५ जनाले पतिकै अगाडि सामूहिक बलात्कार गरेका हुन्। पतिमाथि कुटपीट समेत गरिएको थियो। 
राचकोंडा प्रहरीले बलात्कार गर्ने ५ जनासहित संलग्न १४ जनालाई पक्राउ गरेको छ। घटना कुखुरा फार्ममा काम गर्ने सहयोगीले नै गराएको खुलेको छ। 

महिलाको उजुरीको आधारमा प्रहरीले अभियुक्तविरुद्ध बलात्कार मुद्दा दर्ता गरेको छ। आरोपीविरुद्ध अनुसूचित जाति एवं अनुसूचित जनजाति (अत्याचार निवारण) कानुनअन्तर्गत पनि मुद्दा दर्ता गरिएको छ। प्रहरीका अनुसार घटनामा कुल १५ जना संलग्न छन्। 

Hyderabad: Woman allegedly gang-raped by five men for two days in the presence of her husband who was confined by the men. Rachakonda Police has apprehended 14 people including 5 who allegedly committed the crime, further investigation is underway.

— ANI (@ANI) September 30, 2019

प्रकाशित: १३ आश्विन २०७६ १०:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App