coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाँदरेमोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, एक जनाको मृत्यु

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ बाँदरेमोडमा स्वराज गाडी (ट्रक)ले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सिन्धुपाल्चोकका २९ वर्षीय राजीव गुरुङ रहेका छन्। 

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८३१९ नम्बरको स्वराज गाडीले बिपरित दिशातर्फ जाँदै गरेको बा ९५ प ९७७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक इलामका ३० वर्षीय मिलन राई घाइते भएका छन्।  उनको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ। 

मोटरसाइकललाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए। 

प्रकाशित: १३ आश्विन २०७६ ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App