४ वैशाख २०८१ मंगलबार
राजनीति

नेकपाको कार्यशैलीको जमेर प्रतिवाद गर्छाैं : नेता थापा

अर्घाखाँची– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले सरकार चलाई रहेको नेपाल कम्युनिस्ट पार्टीले श्रृङ्खलाबद्ध आक्रमणको थालनी गरेकाले यसको जमेर प्रतिवाद गर्ने बताएका छन्। विभिन्न घटनाले सरकार र सम्बद्ध दलको चरित्र चित्रण गरेको उनको भनाई छ। 

सन्धिखर्कमा नागरिकसँग कुरा गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले सरकार र शीर्ष नेता समेत घटना ढाकछोप गर्न लागिपरेको भन्दै यो कुरा आफूहरुलाई स्वीकार्य नभएको बताए। 

‘पार्टी कार्यकर्ताले गर्ने कार्यमा गल्ती कमजोरी हुन्छन्’, उनले भने, ‘नेतृत्वले कमजोरी र गल्ती स्वीकार गर्दै, सुधार गर्दै लैजानु पर्नेमा सही हो भन्नेमा लाग्यो।’ 

शीर्ष नेताहरुले नै उस्काउने काम गरेको भन्दै नेता थापाले यस्ता घटना हुँदै गर्छन, दाहोरिदै जान्छन भनेर आफूहरु चुप लागेर नबस्ने चेतावनी समेत दिए। 

प्रकाशित: १३ आश्विन २०७६ ०९:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App