coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विप्लव समूहद्वारा प्रशासकीय अधिकृतमाथि कुटपिट

मुगु- नेत्र विक्रम चन्द 'विप्लव' समूहको नेकपाका कार्यकर्ताले सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय  अधिकृत माथि कुटपीट गरेका छन।

सोमबार गमगढीदेखि गाउँपालिका कार्यालय सोरुकोट तर्फ जाँदै गरेका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय माथि तारापानीमा कुटपिट भएको हो। उपाध्याय माथि विप्लव समूहले तारापानी सिप गाउँमा हातपात गरेको भन्ने प्रारम्भीक जानकारी आएको र हातपात गर्नेहरुको खोजिका लागि प्रहरी चौकी कालै र जिल्लाबाट समेत प्रहरी खटाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए।

कुटपिट पछि घाईते भएका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई जिल्ला अस्पताल गमगढी ल्याएर उपचार भईरहेको बताईएको छ।

प्रकाशित: १३ आश्विन २०७६ ०९:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App