coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चालक लाइसेन्स आवेदन खुल्यो

काठमाडौं– दुई महिनादेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को आवदेन बुधबार खुलेको छ । सवारी तथा यातायात व्यवस्था नियमावलीमा छैठौं संशोधन भएसँगै असोजयता लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा रोकिएको थियो ।

आवेदन खुलेको पहिलो दिन सेवाग्राहीको अत्यधिक चाप भएको यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र बागमतीका प्रमुख तेजनारायण यादवले जानकारी दिए । ‘लामो समयपछि आवेदन खुलेकाले सेवाग्राहीको चाप अत्यधिक चाप रह्यो,’ उनले भने, ‘तर क्षमता थोरै भएकाले सबैको आवेदन लिन सकेनौं ।’ बिहानैदेखि कार्यालयमा २ हजार भन्दा धेरै सवारीचालक अनुमतिपत्रका लागि आवेदन बुझाउन पंक्तिमा उभिएका थिए ।

मोटरसाइकलतर्फ ५ सय र हलुका सवारीसाधनतर्फ २ सय जनाले सवारीचालक अनुमतिपत्र परीक्षामा सहभागी हुन आवेदन बुझाएका थिए । संशोधन अनुसार पद्धति फेरिँदा केही समय आवेदन लिन रोकिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जनाए । ‘नियमावलीमा भएका संशोधन अनुसार सिस्टम अपग्रेड गर्न केही समय लाग्यो,’ उनले भने, ‘नयाँ सिस्टम बमोजिम सेवा सुचारु गरेका छौं ।’

संसोधित नियमावली अनुुसार सवारीचालक अनुमतिपत्रका लागि यातायात कार्यालय बागमतीले मात्रै आवेदन खुला गरेको छ । अन्य यातायात कार्यालयबाट भने अझै केही समय ढिला हुने विभागले जनाएको छ । संशोधित नियमावली अनुसार एकपल्ट लिखित परीक्षा उत्तीर्ण हुनेले तीन महिनासम्म तीनपटक ट्रायल दिन पाउनेछन् । ट्रायलमा अनुत्तीर्ण हुनेले पनि ९० दिनमा तीनपटक ट्रायलमा सहभागी हुन पाउनेछन् ।

 

 

 


 

 

प्रकाशित: १० मंसिर २०७३ ०५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App