७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

इन्डिगोको गोवा–दिल्ली उडानमा समस्या, हवाई दुर्घटना टर्‍यो

पणजी- भारतको गोवाबाट नयाँदिल्ली तर्फ उडेको इन्डिगो विमानको इन्जिनमा समस्या आएपछि गोवा विमानस्थलमै आपतकालीन अवतरण गरिएको छ। विमानमा करिब २ सय जना यात्रु सवार थिए।    

इन्डिगोको ६ई–३३६ विमान गोवाबाट उड्नासाथ पाइलटले इन्जिनमा समस्या आएको पत्ता लगाएका थिए। पाइलटले तत्कालै उक्त जहाज गोवाकै डाबोलिम विमानस्थलमा फर्काएर आकस्मिक रुपमा सकुसल अवतरण गराएका थिए।    

इन्डिगोका तर्फबाट जारी गरिएको वक्तव्यमा पाइलटले इन्जिनमा समस्या देखिएपछि तत्कालै गोवा विमानस्थलमा विमान अवतरण गराएका र विमानको जाँच शुरु गरिएको उल्लेख छ।

वक्तव्यमा सबै यात्रुलाई अर्को विमानमा राखेर गन्तव्यतर्फ पठाइएको पनि जनाइएको छ। रासस

प्रकाशित: १३ आश्विन २०७६ ०७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App