दैनिक दुई हजार नेपाली घर फर्किंदै

सोमबार, १३ असोज २०७६, १२ : ५० नागरिक

भीमदत्तनगर- दशैँ, तिहार, छठ लगायतका चाडपर्व मनाउन भारतको विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली नागरिक कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किन थालेका छन्। विगत वर्ष झैँ घरपरिवारसित चाडपर्व मनाउन भारतमा रोजगारी र अध्ययनका लागि गएका हजारौं नेपाली गड्डाचौकीनाका भएर घर फर्किरहेका छन्।   

सुदूरपश्चिम प्रदेशका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत हो। चाडपर्व र खेतीपाती गरेर यहाँका हजारौँ युवा भारतका विभिन्न शहरमा रोजगारीका लागि जाने गर्दछन्। भारतबाट घर फर्किने क्रम बढेसँगै बस, अटो र ई–रिक्सा चालक यात्रु ओसार्न सक्रिय छन्। 'छोरा/छोरी घरपरिवारसित दशैँ मनाउन १५ दिनको बिदा लिएर आए', गड्डाचौकी नाकामा भेटिएका बैतडीका गोरख चन्दले भने, 'चाडपर्व परिवारसित भेटघाटको एउटा बहाना पनि हो।'

उनले आफू १७ वर्षदेखि भारतको दिल्लीमा काम गर्दै आएको बताए। 'पहिलेको भन्दा अहिले अटो, बस, ई–रिक्सामा यो नाकाबाट आवतजावत गर्न सहज महसुस गरे', उनले भने, 'भारतीय बसपार्कमा घर फर्किने नेपालीको अत्यधिक चाप छ।'    

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरीक्षक राजु ठकुराठीले दैनिक दुई हजारभन्दा बढी नेपाली चाडपर्व मनाउन घर फर्किरहेको बताए। 'हिजोअस्तिभन्दा यात्रु आउने क्रम बढ्दै गएको छ', उनले भने, 'यात्रुको सहजता र सुविधाका लागि सुरक्षा सतर्कता बढाएका छौँ।' उनले चाडपर्वलाई लक्ष्य गरी एक साताअघि गड्डाचौकीमा स्थापना गरिएको नागरिक सहायता कक्षमा दुई नेपाली लुटिएर आएको जानकारी प्राप्त भएको बताए।    

'पहिलेको भन्दा लुटपाट तथा टेम्पो, रिक्सावालाको अराजगक गतिविधि कम छ', उनले भने, 'यात्रुबाट बढी रकम असुल्नेलाई कारवाहीको दायरामा ल्याउँछौँ।' उनले सीमावर्ती भारतीय शहर बनबासा बजारमा यात्रुले बढी हैरानी खेप्नु परेको बताए। 'सीमा क्षेत्रमा अहिले संयुक्त यात्रु सहायता कक्ष भएकाले धेरै सहज भएको छ', चन्दले भने।    

नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले यात्रुको पीरमर्का बुझेर समाधान गर्न संयुक्त नागरिक सहायता कक्ष स्थापना गरेका छन्। 'पहिले अटो र रिक्सा चालकले यात्रुबाट बढी रकम असुल्ने र दुःख दिने गरेका थिए', संयुक्त सहायता कक्षमा भेटिएका एसएसबीका जवान केवी सिंहले भने, 'अहिले सहायता कक्ष खुलेपछि बढी भाडा लिने क्रम ह्वात्तै घटेको छ।'

उनले केही व्यक्तिले बढी भाडा असुलेको खबर यात्रुले सहायता कक्षमा जानकारी गराएको जानकारी दिए। सुदूरपश्चिम प्रदेशबाट झण्डै डेढ लाख मानिस रोजगारीका लागि भारत गएको तथ्याङ्क छ।

विसं २०६८ सालको जनगणना अनुसार भारतमा रहेका सुदूरपश्चिम प्रदेशका दुई लाख ६६ हजार ६ सय ७३ नागरिकमध्ये करीब ७०.१४ प्रतिशत रोजगारीका लागि गएको तथ्याङ्क छ। रासस






यसमा तपाईको मत

अन्य समाचार

सामसङको ए२०एस नेपाली बजारमा

सामसङको ए२०एस नेपाली बजारमा

इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्रान्ड सामसङले नयाँ विशेषता भएको  ग्यालेक्सी ए२०एस बजारमा प्रस्तुत गरेको छ । ...

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जी इलेक्ट्रोनिक्सले अभिनव फ्रन्ड लोडर वासिङ मेसिनको उपलब्धता विस्तार गर्दै आएको छ । ...

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला, नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवर्दन क्याम्पेन “कोका–कोला क्यापमा कार” को विजेता हेटौंडाका अम्बर...

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

राउन्ड टेबल नेपालले कदम्बरी एकेडेमी, वीरगन्जका बच्चाको लागि बृहत् लैंगिक समानतासम्बन्धी कार्यशाला आयोजना गरेको छ । ...

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ। ...

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौँ  वार्षिक साधारण सभा मिति २५कार्तिक २०७६(११ नोभेम्बर २०१९)मा होटेल क्राउन इम्पेरियल, काठमाडौँमा सम्पन्न गरेको...

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । ...

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

Ncell Footer Ad