coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गढीमाई विकासका लागि डिपिआर

वीरगञ्ज- भारतीय सीमासँग जोडिएको बारा जिल्लाको गढीमाई नगरपालिका–१ मा रहेको प्रसिद्ध धार्मिक तथा प्राचीन शक्तिपीठ गढीमाई मन्दिर तथा सो क्षेत्रको विकासका लागि गढीमाई नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिरहेको छ।     
     
नगरप्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई क्षेत्रमा रहेको ऐतिहासिक पोखरीको मध्य भागमा सूर्यदेवताको मन्दिर बनाउन १२ करोड रुपैयाँको डिपिआर तयार भइरहेको जानकारी दिए। सो क्षेत्रको ऊर्जा, खानेपानी, बाटोघाटो जस्ता पूर्वाधारको विकास गर्न नगरपालिकाले डिपिआर समेत तयार गरेको बताइएको छ।     
     
करीब २ सय ६५ वर्षको लामो इतिहास बोकेको गढीमाई क्षेत्रमा प्रत्येक पाँच–पाँच वर्षमा धार्मिक मेला लाग्ने गरेको छ जहाँ नेपाल लगायत भारतबाट लाखौँ दर्शनार्थी मेला भर्न आउने गरेका छन्। दर्शनार्थीको सुविधालाई ध्यानमा राखी नगरपालिकाले सो क्षेत्रमा बासस्थान, खानेपानी, शौचालय लगायतका व्यवस्था गरेको छ।     
     
विश्वमा सबैभन्दा धेरै बलि दिने गढीमाई विश्वको सबभन्दा ठूलो मेला रहेको छ। सो मन्दिरका ११औँ पुस्ताका पुजारीका रुपमा शिव चौधरी रहेका छन्। सो क्षेत्रलाई धार्मिक पर्यटनको क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न नगरपालिका कटिबद्ध रहेकाले यसमा प्रदेश सरकार र सङ्घीय सरकारको सहभागिता हुनुपर्ने स्थानीयवासीको माग रहेको छ।

सो मेला असोजदेखि शुरु भई मङ्सिरसम्म रहने गरेको गढीमाई मन्दिर सञ्चालक तथा विकास समितिले जनाएको छ। रासस

प्रकाशित: १३ आश्विन २०७६ ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App