८ वैशाख २०८१ शनिबार
समाज

सवारीसहित चालक बेपत्ता

बेनी (म्याग्दी)—बेनी–जोमसोम सडकखण्डमा मङ्गलबार रातिदेखि चालकसहित जिप बेपत्ता भएको छ। म्याग्दी सदरमुकाम बेनीदेखि उत्तरी घारतर्फ गइरहेको ग २ प ३६६० नंको बोलेरो जिप सवारी चालक रमेश खड्कासहित बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। 

चालकसहित जिप हराएको खबर आफन्तले प्रहरीमा गरेपछि प्रहरी र स्थानीयवासीले बेनी–जोमसोम सडकको बेनी–पाखरेबगर खण्डमा खोजतलास गरिरहेका छन्।

खोजी गर्दा भगवती–२ बैंसरीस्थित सडक र कालीगण्डकी नदीको बीचमा त्रिपाल भेटिए पनि सवारी तथा चालक नभेटिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए। 

बेनीको कालीपुल बसपार्कदेखि पोखरेबगरसम्म कालीगण्डकी नदी वारपार व्यापकरुपमा प्रहरी परिचालन गरी खोजी भइरहेको छ। हालसम्म दुर्घटनाबारे कुनै तथ्य फेला नपरेको हुँदा जिप र त्यसका चालकको अवस्था थाहा हुन नसकेको प्रनाउ खड्काले जानकारी दिए। 

मङ्गलबार साँझ बेनीदेखि सामान लिएर गएको उक्त बोलेरो जिप म्याग्दीको बैंसरीसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको थियो। मङ्गलबारदेखि हराएका सवारीधनीसहित जिपका बारेमा बुधबार बेलुका मात्रै परिवारले प्रहरीमा जानकारी गराएका थिए। 

प्रकाशित: १० मंसिर २०७३ ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App