coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अवैध पटाकासहित दुई युवक पक्राउ

सिरहा- अवैधरुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विस्फोटक पदार्थ पटाकासहित सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले ३ सय ५० प्याकेट पटाकासहित सिरहाको सुखिपुर नगरपालिका ९ निवासी २६ वर्षीय सुभाष यादव र सोही ठाउँका २७ वर्षीय सविर खानलाई पक्राउ गरेको हो।    

भारतीय बजार लदनियाबाट स ६ प ६४७४ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुवै जनालाई रोकेर चेकजाँच गर्दा ३ सय ५० प्याकेट नागीन पटाका बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १३ आश्विन २०७६ ०५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App