४ वैशाख २०८१ मंगलबार
समाज

ढुङ्गा प्रहारबाट एक जनाको घटनास्थलमै मृत्यु

बागलुङ—जिल्लाको बोबाङमा ढुङ्गा प्रहारबाट बिहीबार एक जनाको मृत्यु भएको छ। बोबाङ–९ का लोचन विकले हानेको ढुङ्गा लागेर बोबाङ–७ क ४७ वर्षीय चक्रबहादुर विकको ज्यान गएको हो। 

पसलबाट चामल बोकेर घर जाँदै गर्नुभएका चक्रबहादुर विकलाई फल्लेघर भन्ने ठाउँमा लोचनले ढुङ्गा प्रहार गरेका थिए। मदिरा सेवन गरेका लोचनले आपसी विवादका क्रममा अचानक ढुङ्गाले हानेको स्थानीयवासी वीरबहादुर विकले जानकारी दिए। 

टाउकामा चोट लागेर गम्भीर घाइते भएका विकको केही बेरमै ज्यान गएको थियो। ढुङ्गा प्रहार गर्ने लोचन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

विकलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङमा राखिएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए। मृतक विकको शव पनि प्रहरीले बुर्तिबाङ ल्याएको छ । रासस 

प्रकाशित: १० मंसिर २०७३ ०५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App