coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

बढ्दै ‘एआई’ अर्थात् क्रृत्रिम बौद्धिकता

हाला हान्ना/विलास धर
व्यापारिक निगम र सरकारी नीति निर्माणमा अचेल कृत्रिम बौद्धिकता(एआई)को प्रयोग बढ्दै छ। एआई मेसिन अझै मूलतः प्रयोजनमा नभई नाफालाई जोड दिने संस्थाका हातमा छन्। तर यो नयाँ प्रविधि सामाजिक कल्याणका लागि पनि उत्तिकै प्रभावकारी हुन सक्छ।

एमआइटी सल्भ र द प्याट्रिक जे. मेकगर्भन प्रतिष्ठानको साझा पहलमा एआई मेसिनबाट आर्थिक रूपमा सीमान्तकृत समुदायलाई समृद्ध बनाउन कसरी प्रयोग गर्न सकिन्छ भन्ने देखाइएको छ। संसारकै सबभन्दा सोचनीय, सिर्जनात्मक र पहिले असम्भव मानिएका विषम चुनौती समाधान गर्न कसरी एआर्ई प्रयोग गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान भइरहेका छन्।

एआईले कार्यकारण निष्कर्ष र अन्तिम निर्णयका कामजति मानिसलाई छाडेर बा“की ठूलो परिमाणमा डाटा संकलन गर्ने र थप सही सह–सम्बन्ध(निदान) पहिचान गर्ने कार्य एआई आफूले गरे क्या मज्जा हुने थियो। मानिस र मेसिनबीच यस्तो अन्तर–सम्बन्ध विशेषतः सामाजिक प्रभाव पार्ने क्षेत्रमा महŒवपूर्ण हुन्छ, जहा“ नैतिक प्रश्न प्रबल हुन्छ र सीमान्तकृत समुदायको जीवनमा सुधार नै सफलताको मानक मानिन्छ।

एआईले अर्बौं मानिसको जीवनमा सुधार ल्याउने क्षमता राख्छ । सबभन्दा सम्भ्रान्त वर्गको सेवा गरिरहेका व्यापारी वर्ग पोस्याउनुभन्दा वास्तवमै त्यसको आवश्यकता भएका मानिसका निम्ति उपयोग गर्न सके एआईले धेरैभन्दा धेरै जनताको सेवा गर्न सक्नेछ ।

एआईमा प्रयोग गरिएका डाटा जति राम्रा हुन्छन्, त्यति नै तिनले गर्ने विद्युतीय प्रक्रिया अब्बल हुने हुन्। एआईमा कस्ता खालका डाटा प्रयोग गर्ने भन्ने कुरा छनोटमै आग्रह गरिन्छ। त्यसकारण एउटा भनाइ नै छ– आग्रहयुक्त भावनाले आग्रह नै जन्माउ“छ।

वित्तीय समावेशिता र विश्वसनीयता कोणबाट एआईबारे चर्चा गरौं। बैंक खाता नभएका व्यक्तिले ऋण लिनु वा क्रेडिट कार्ड पाउनु झन्डै असम्भव छ। तर बैंक खाता नभएका धेरै मानिसले पनि फरक तरिकाबाट आफ्नो विश्वसनीयता पुष्टि गर्न सक्छन्। जस्तै– समयमै कर वा फोनको पैसा तिरेका आधारमा पनि विश्वसनीयता देखाउन सकिन्छ।
देस्ताकेम नामको एउटा एआई प्लेटफर्मले आज चिली र मेक्सिकोका १३ लाख मानिसलाई सेवा दिइरहेको छ। त्यो प्लेटफर्मले ऋणसम्बन्धी निकायको कुनै जानकारी नै प्रयोग नगरी ऋण निकासा गर्न उचित छ वा छैन भन्ने निक्र्योल गर्ने वैकल्पिक विद्युतीय हिसाब प्रणाली विकास गरेको छ। ऋण तिर्न सक्ने क्षमता बुझेर त्यो एआई प्लेटफर्मले सामान्यतः वित्तीय निकायले ऋण दिन पनि रोकेका ग्राहकलाई समेत ऋण लिन सहज बनाइदिएको छ।  

शिक्षा र स्वास्थ्य क्षेत्रमा एआईले नाटकीय ढंगमा उच्च गुणस्तरीय सेवाको लागत मूल्य घटाएको छ। साथै सेवाको परिमाणमा पनि सुधार गरेको छ। सेन्चुरी टेकको शैक्षिक प्लेटफर्म स्वचालित पाठ भन्न र प्रशासनिक काममा शिक्षकलाई सहायता गर्ने गरेको छ। हरेक विद्यार्थीले कसरी सिकिरहेको छ भन्ने कुरा बुझेर त्यसले विद्यार्थीको प्रस्तुतिमा सुधार गर्ने लक्ष्यसहित अलग–अलग कार्ययोजना बनाइदिएको हुन्छ।

अदा हेल्थ नामको एआई प्लेटफर्मले बिरामी र स्वास्थ्यकर्मी दुवैको सेवा गर्छ। प्राकृतिक भाषा बोल्ने विशेषताका कारण बिरामीलाई त्यसले तत्काल उसको स्वास्थ्य अवस्थाबारे बताउ“छ। त्यस्तो सुझावले बिरामीलाई उपयुक्त अर्को उपचारतिर लाग्न सहज बनाइदिन्छ। एआई इन्जिन र उसको चिकित्सा ज्ञानले क्लिनिकल औजारसहितका अर्धदक्ष स्वास्थ्यकर्मीहरू जस्तै– सामुदायिक स्वास्थ्यकर्मी, फर्मासिस्ट, नर्स र धाइआमाजत्तिकै क्षमतावान् बनाएको हुन्छ। स्वास्थ्यकर्मी कमी भएका ठाउ“मा यस्ता एआईले स्वास्थ्य सेवामा सहजता ल्याउन सक्छन्। तिनको सहयोगमा बिरामी हुनु र स्वस्थ रहनुमा फरक महसुस गर्न सक्छौं।

तथापि रोबोटले गर्न सक्ने काममा सीमितता पनि हुन्छ। एआईले उपभोक्ताको आग्रह वा धेरै संख्यामा मानिसलाई मनोवैज्ञानिक सहयोगसमेत गर्न सक्छ। तर त्यसका लागि एआईमा मानवीय स्पर्श अनिवार्य हुन्छ।

उदाहरणका लागि आइसिचेन्ज नामको प्लेटफर्मले प्राकृतिक भाषा प्रक्रियास“ग प्रयोगकर्ताबाट संकलित डाटा र सेन्सर सञ्जाल मिलाएर सहरलाई आवश्यक सूचना प्रदान गर्न सक्छ। जसले जलवायु, पूर्वाधार डिजाइन र सार्वजनिक सुरक्षा क्षेत्रमा सुधार गर्न मद्दत गरेको हुन्छ। त्यो प्लेटफर्ममा सहरका बासिन्दाले आफ्नो वरपरका अवस्थाबारे विस्तृत डाटा र जानकारी उपलब्ध गराउ“छन्। एआईले ती तथ्यांक र जानकारीलाई जलवायु अवस्थाबारे सामान्यीकरण गर्छ।

क्राइसिस टेक्स लाइन नामको अर्को प्लेटफर्मले विद्युतीय मेसिनलाई संकटमा परेका युवाका टेक्स मेसेजका शब्द र शब्दावलीका आधारमा विश्लेषण गर्छ। त्यस्तो विश्लेषणका आधारमा खतरामा रहेका जोकोही मानिसको छिटोभन्दा छिटो उद्धार गर्न मद्दत गर्छ। विशाल परिमाणको डाटाको विश्लेषणबाट क्राइसिस टेक्स लाइनले आकस्मिक उद्धारको आवश्यकता पर्ने केही पूर्वसंकेतसमेत पहिचान गर्ने गरेको छ। उदाहरणका लागि– त्यसले ‘इबुप्रोफिन’ शब्द र आत्महत्या वा कुनै स्वयंलाई क्षति पु¥याउने कामबीच केही सम्बन्ध भएको पत्ता लगाएको छ। एआई प्रयोगबाट यो शब्द प्रयोग भएको मेसेजलाई पहिलो प्राथमिकतामा राख्ने गरिएको छ। तर निराशाजनक मेसेज पठाउने व्यक्तिसम्म पुग्ने काम भने मानिसले नै गरेको हुन्छ।

यी उदाहरणले कसरी नया“ व्यापारले बिग डाटा र एआई प्रविधिको मद्दतमा थप मूल्य कमाउन सहयोग पाइरहेका छन् भन्ने कुरा प्रस्ट पार्छन्। डाटा अर्थतन्त्रबाट पहिले नसमेटिएका व्यापार क्षेत्रले पनि आज त्यसबाट फाइदा उठाइरहेको छ। त्यसकारण एमआईटी सोल्भ र द प्याट्रिक जे मेकगर्भन प्रतिष्ठानले विश्वका समस्या समाधान गर्न प्राविधिक उद्यमीहरूस“ग सहकार्य गरिरहेका छन्। सुरु चरणमा हामीले एआई मेसिनबाट सबभन्दा प्रमुख चुनौती पहिचान गर्न सक्नेछौं। त्यसपछि ती चुनौती सामना गर्न क्षमता वृद्धि, मात्रा र विविधता तयार पार्छाैं। अनि समाज हितका लागि एआई प्रयोग गर्न तिनै कथा प्रचारप्रसार गर्छौं।

एआईले अर्बौं मानिसको जीवनमा सुधार ल्याउने क्षमता राख्छ। सबभन्दा सम्भ्रान्त वर्गको सेवा गरिरहेका व्यापारी वर्ग पोस्याउनुभन्दा वास्तवमै त्यसको आवश्यकता भएका मानिसका निम्ति उपयोग गर्न सके एआईले धेरैभन्दा धेरै जनताको सेवा गर्न सक्नेछ। सामाजिक हितमा यस्ता प्रविधिको प्रवद्र्धनबाट आज हुर्केका नया“ उद्योगले दिगो र रूपान्तरणकारी परिवर्तन ल्याउन सक्छन्। (हाला हान्ना एमआइटी सोल्भका कार्यकारी निर्देशक तथा विलास धर प्याट्रिक जे मेकगर्भन प्रतिष्ठानका गुठीयार हुन्।)

प्रकाशित: १३ आश्विन २०७६ ०३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App