८ वैशाख २०८१ शनिबार
खेल

आयोजक र दोवा समाजलाई उपाधि

पोखरा -  तेस्रो क्लबस्तरीय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि आयोजक पोखरा भलिबल ट्रेनिङ सेन्टर रातो र महिलातर्फको उपाधि दोवा समाजले हात पारेको छ।

पोखरा भलिबल टे«निङ सेन्टरको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ आयोजक रातोले मार्बल इन्टरप्राइजेज विरौटालाई ३–१ सेटमा हराउँदै उपाधि हात पारेको हो। उपाधिसँगै आयोजक रातोले नगद  ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको मार्बल इन्टरप्राइजेजले ३५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो।

महिलातर्फको फाइनलमा दोवा समाजले टिजी गल्र्सलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो। उपाधिसँगै दोवा समाजले नगद २० हजार रुपैयाँ प्राप्त ग¥यो भने उपविजेता टिजीले नगद १३ हजार रुपैयाँमा प्राप्त ग¥यो।

नदीपुरस्थित छन्त्याल समाजको खेलमैदानमा भएको प्रतियोगिताको पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी मार्वल इन्टरप्राइजेजका अमृत केसी घोषित भए भने महिलातर्फको सर्वोत्कृष्ट खेलाडी दोवा समाजकी कल्पना छन्त्याल घोषित भइन्। त्यस्तै पुरुषतर्फको उत्कृष्ट स्पाइकर आयोजक रातोका किरण गुरुङ, उत्कृष्ट ब्लकर मार्बलका कमल सुनार, उत्कृष्ट डिफेन्डर मार्बलकै दीपक थापा, उत्कृष्ट क्विकर यम क्षत्री, सर्भर आयोजक रातोका सुजन चोखाल र उत्कृष्ट सेटर नुरन राणा घोषित भए भने उदीयमान खेलाडी आयोजक रातोका प्रितम गुरुङ घोषित भए महिलातर्फको उत्कृष्ट सर्भर टिजीकी सनिसा राना र दोवा समाजका उत्कृष्ट स्पाइकर सस्मिता पुन, सेटर निन पुन, डिफेन्डर रस्मिला दुरा र उदीयमान खेलाडी रेखा राना घोषित भए। त्यस्तै भेट्रान्सतर्फको उपाधि भने रामवजारले हात पारेको छ।. रामवजारले पृथ्वीचोक भेट्रान्सलाई २५–२०,२५–१४ र २५–२० को सोझो सेटमा हराउँदै उपाधि हात पारेको हो।

पोखरा भलिबल ट्रेनिङ सेन्टरले आफ्नो वार्षिकोत्सवको अवसरमा गर्ने प्रतियोगितामा टिकटबाट उठेको सम्पुर्ण रकम मृगौल पीडितलाई सहयोग गरेको छ। टिकटबाट संकलित ८६ हजार मृगौलापीडित सुरज गुरुङलाई  सहयोग गरिएको हो।

प्रकाशित: १३ आश्विन २०७६ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App