५ वैशाख २०८१ बुधबार
समाज

दाङमा दुई बस जुध्दा ९ जना घाइते

मंसिर- दाङमा आज बिहान सवारी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। दुई यात्रुबाहक बस जुध्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। घोराहीबाट तुलसीपुर जाँदै गरेको ना३ख ७९७४ नम्बरको बस र तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको बा२ख २५४९ नम्बरको फोर्स गाडी विजौरी ४ स्थित संग्राम खोलामा जुधेका हुन्। घाइतेमध्ये २ जनालाई नेपालगन्ज रिफर गरिएको छ भने बाँकी ७ जनाको तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा उपचार भैरहेको छ।

उता देउखुरीको सिसहनियाँमा ट्रकको ठक्करबाट एकजना पैदलयात्री घाइते भएका छन्। सिसहनियाँ-७, मा बिहीबार राति ना१क ४१३२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री भगवानपुर-९ बस्ने ४१ वर्षीय खुसीराम चौधरी घाइते भएको प्रहरीले जनाएको छ। घाइते चौधरीलाई उपचारको लागि बुटवल लगिएको छ।

 

 

प्रकाशित: १० मंसिर २०७३ ०४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App