coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘सम्पदा पुनर्निर्माण ठेक्कामा नगरौं’

काठमाडौं– क्षतिग्रस्त विश्व सम्पदामा सूचीकृत पुरातात्विक सम्पदा पुनर्निर्माण ठेक्का प्रथाबाट नगरी सम्बन्धित निकायले नै गर्न सरोकारवालाले माग गरेका छन् । पुरातत्वविद्, स्थानीय युवा तथा अग्रज, विभिन्न दलका नेतालगायतले राजधानीमा गर्ने अन्तरक्रिया यस्तो माग राख्दै आएका छन् ।

ठेक्कामा सम्पदा पुनर्निर्माण गर्दा स्थानीयको सहभागीता नहुने र मौलिकता समेत हराउन सक्ने उनीहरूको भनाइ छ । उनीहरू सम्बन्धित निकायले स्थानीयलाई तालिम दिएर कालिगढ तयार पारी सम्पदा पुनर्निर्माण सम्बन्धित निकाय आफैंले गर्नुपर्ने माग राखेका हुन् । काष्ठमण्डप पुनर्निर्माणका लागि अभियान समूहले राजधानीको वसन्तपुरमा बुधबार गरेको अन्तरक्रियामा सांसद् भीमसेनदास प्रधान, रामवीर मानन्धर, ध्यानगोविन्द रञ्जित, लुम्बिनी विश्वविद्यालयका उपकुलपति नरेशमान बज्राचार्य, पुरातत्वविद् डा. साफल्य अमात्य लगायतले ठेक्कामा पुनर्निर्माण नगर्न पुरातत्व विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत सम्बन्धित निकायसँग आग्रह गरेका हुन् ।

पुरातत्व विभागले सरोकारवालाको माग जायज भए पनि पूरा गर्न कठिन भएको बताएको छ । ‘सम्पदा ठेक्कामा पुनर्निर्माण गर्नुको विकल्प छैन,’ विभागका महानिर्देशक भेषनारायण दाहालले नागरिकसँग भने, ‘सरकारले नै ५ लाखभन्दा बढीको निर्माण ठेक्कापट्टाबाट गर्नुपर्ने कानुन बनाएको छ ।’ उनले स्थानीयले उठाएको माग जायज हुँदाहुँदै पनि पूरा गर्न नसकिने दाबी गरे । स्थानीयले बौद्धनाथ स्तुपको पुनर्निर्माण गरे जसरी नै सबै सम्पदा वरपरका स्थानीय सक्रिय भएर पुनर्निर्मार्ण गरेमात्र ठेक्का नलगाउन सम्भव भएको उनले बताए । स्थानीय समूहले भने आफूहरू पुनर्निर्माणमा सघाउन तयार रहेको तर ठेक्का दिन नहुनेमा अडिग छन् ।
 

प्रकाशित: १० मंसिर २०७३ ०४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App