coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

गुञ्जयमान बन्यो दिक्तेल

खोटाङ – गायक जीवन शर्माको गीत सुनेर नाच्ने नेता र उनीहरुका कार्यकता धेरै छन्। राजनैतिक चेतना फैलाउँदै सांगीतिक कार्यक्रम गरेर डिड्ने गायक शर्माले पञ्चायती व्यवस्थादेखि राजतन्त्रविरुद्ध जनतालाई सचेत गराएका थिए। आइतबार ती नेता र कार्यकताहरूलाई गायक शर्माले खोटाङको दिक्तेलमा फेरि नचाए।

प्रगतीशिल लेखक संघले दिक्तेलस्थित समिक्षालय हलमा आयोजना गरेको सांस्कृतिक तथा साहित्यिक कार्यक्रममा गायक शर्माले सांगीतिक प्रस्तुति दिइरहँदा दर्शकहरू नाच्न व्यस्त देखिन्थे। उनले ‘सिमली छायाँमा बसी’, ‘झरनाको चिसो पानी’ लगायत गीतहरू प्रस्तुत गरेका थिए। उनले ‘उमेर भइसक्यो असी’, ‘हामी नेपाली’, ‘आधी रातमा हुरी चल्दा’, आसुँ बगाउँदै हिँड्छु’, ‘सागर भेट्नु’ लगायत गीतहरु सुनाएका थिए।

पछिल्लो समय दिक्तेलमा हुने अधिकांश सांगीतिक कार्यक्रममा प्रेम र विछोडका गीत गुञ्जिने गरेको छन्। तर, आईतबारको सांगीतिक कार्यक्रम भिन्न रहेको थियो। ओझेलमा पर्दै गएको संगीतको प्रवद्र्धनका लागि दिक्तेलमा गायक शर्माको प्रस्तुति राखेको प्रलेसका जिल्ला अध्यक्ष चित्र सुबेदीले बताए। बाहिर झरी वर्षा भइरहँदा कार्यक्रम हलभित्र जनताका पीडाका गीत गुञ्जिए, शोषक र शासकका गलत प्रवृत्तिको विरोध गरिए। क्रान्ति र परिवर्तनका खातिर लड्न जनतालाई आग्रह गरिएको थियो।

गायक शर्मालाई शिक्षक तथा गायक हेमविक्रम राईले गीत गाउन साथ दिएका थिए। कार्यक्रममा प्रलेसका पूर्व केन्द्रिय सदस्य मातृका पोखरेल, एमसी सुमित, बेदीकुमार राई, बम बानियाँ, डिल्लीराम नाकारा, धनीराम राई, प्रमोद श्रेष्ठ, जीवन राई ज्वाला, अमर श्रेष्ठ, सविता भुजेल र रोशनकुमार राईलगायतले कविता तथा गजल वाचन गरेका थिए।

प्रकाशित: १३ आश्विन २०७६ ०१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App