coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

ताली र गाली बटुल्दै ‘हामी यस्तै त हो नि ब्रो’

काठमाडौं  – ‘हामी यस्तै त हो नि ब्रो’ गीत कारण र्‍यापर भिटेन (समिर घिसिङ) सामाजिक सञ्जालमा चर्चा कमाइरहेका छन्। सो गीतमा प्रयोग गरेको शब्दका कारण विभिन्न टिकाटिप्पणी पाइरहेका र्‍यापर भिटेनसमेत आश्चर्यमा छन्। ‘गीत सामान्यजस्तै लागेको थियो,’ उनले भने, ‘श्रोता र दर्शकले यो गीतलाई विशेष बनाइदिए।’

१३ वर्षको उमेरमा काकासँग थांका कार्यशालामा सहभागी हुन पहिलोपटक चन्द्रपुर रौतहटदेखि काठमाडौं आएलगत्तै ¥याप ब्याटलको रस पसेपछि उनले फ्रि स्टाइल ¥याप सिके। आत्मसन्तुष्टीका लागि गीत गाउने उनी गीतबाट खासै आम्दानी भने नहुने तर्क गर्छन्। ‘म गीत गाउनको लागि बाँचेको हुँ, ’ उनले भने, ‘बाँचुन्जेल नयाँ गीत सिर्जना गरिरहन्छु।’ नेपाली ¥यापर गिरिश खतिवडाको ¥याप स्टाइल मन पराउने उनीले भावना पोख्न ¥याप गाउने गरेका छन्। ‘आत्माको आवाज बाहिर आएजस्तो लाग्छ,’ उनले भने, ‘अरुले मन नपराएपनि गीत गाउँदा मलाई खुसी मिल्छ।’

गीतमा भनेझैं उनी काठमाडौंको स्कुलमा पढ्नको लागि भर्ना भएका थिए। लगातार परीक्षामा फेल भएका कारण स्कुल र काकाको घरबाट निकालिएका उनी बिरक्तिएर आत्महत्या गर्ने सोचसमेत बनाएका थिए। अनुहारमा खोपेको ‘झुन्डिएको डोरी’ को ट्याटुले उनलाई बाँच्नको लागि बारम्बार प्रेरित गरेको उनी बताउँछन्। उनीका गीतहरू जीवनको भोगाइ, अभाव र अभिभावकको आकांक्षालगायतमा केन्द्रित हुने गरेको छन्। ¥यापर भिटेनको गीत मनपराएर बारम्बार सुन्ने उनका फ्यान १९ वर्षे आर्यन श्रेष्ठका अनुसार मनोरञ्जनात्मक गीतले स्वतन्त्रताको कुरा गर्ने दाबी गर्छन्। ‘¥यापर भिटेनका गीतहरू मनोरञ्जनात्मक हुने गरेका छन्। मैले उनको हामी यस्तै त हो नि ब्रो गीत सामाजिक सञ्जालमार्फत सुनेको थिए। यो गीत अहिलेको विभिन्न पाटीमा अध्याधिक बज्ने गर्दछ,’ उनी भन्छन्।

विनासकारी भूकम्पअघिसम्म ¥यापर भिटेनले थांकाको कमाइबाट रौतहटमा रहेका परिवारलाई पैसा पठाइरहेका थिए। भूकम्पका कारण थांकाको काम प्रभावित भएपछि उनले केही समय जागिरसमेत खोजेका थिए। अन्ततः संगीतमा लाग्ने निर्णय गरेर बि–बोइङ गरिरहेका उनी ‘चुरोट’ गीतबाट परिचित भएका थिए।

गायक रोहितजोन क्षेत्री ¥यापर भिटेनका गीतहरू सुन्ने गर्छन्। ‘¥याप संगीतले जहिलेपनि विद्रोहको विषयलाई प्राथमिकता दिन्छ। भिटेनका गीतहरूमा अभिव्यक्ति स्वतन्त्रताका कुराहरू हुन्छन्। उनको यो पक्ष मलाई मनपर्छ,’ उनी भन्छन्।

‘चुरोट’ बोलको गीतबाट श्रोता र दर्शकमाझ परिचित बनेका उनका ‘कथा’, ‘सिमसिमे पानीमा’, ‘गरिब’, ‘बैनी’, र ‘खलासी’ बोलका गीतहरू चर्चामा छन्। उनको गीतमा प्रयोग गर्ने शब्दका कारण विभिन्न प्रतिक्रिया पाउने गरेका छन्। ‘म आफ्ना लागि स्वतन्त्र भएर गीत गाउने भएकाले सबैलाई मेरो गीत मनपर्छ भन्ने छैन्,’ भिटेनले भने। सांगीतिक प्रस्तुतिको दौरान देश र विदेश पुग्ने उनीले गीतमा प्रयोग गरिएका शब्दका कारण ताली र गाली खाएका घटनाहरू धेरै छन्। ‘कसले के भन्छ भन्नेतिर लाग्दिन। मैले गाएका गीतहरू मेरो भोगाइ र बुझाइका प्रतिबिम्ब हुन्। त्यसैले जिम्मेवार भएर गाउँदै हिड्छु,’ उनी भन्छन्।

‘हामी यस्तै त हो नि ब्रो’ सँगै चर्चा कमाएका घिसिङको संगीत मन नपराउने युवा पुस्ताको संख्यापनि उस्तै छ। ‘उनको गीतमा प्रयोग गरेका शब्द छनोट मलाई मनपर्दैन। कुनै अर्थ नलाग्ने शब्द छनोटका कारण उनका गीतहरू भड्किला लाग्छन्,’ २९ वर्षे सुष्मा अधिकारी भन्छिन्, ‘हामी यस्तै त हो नि ब्रो गीतमा उनले गाँजा खाने लगायत तल्लो स्तरका शब्द प्रयोग गरेका छन्। उनका गीतहरूमा छाडापन अत्याधिक हुन्छन्। र, उनका गीतको भिडियोले नकारात्मक सन्देश दिने गरेका छन्। उनका गीतले युवा पुस्तामा नकारात्मक असर गरिरहेको छ।’

प्रकाशित: १३ आश्विन २०७६ ०१:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App