coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

म्याक्स मनी र सिटी एक्सप्रेसबीच सम्झौता

काठमाडौं– म्याक्स मनी मलेसिया र सिटी एक्सप्रेस मनी ट्रान्सफरले आगामी नोभेम्बरदेखि रकम आदान–प्रदानको सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता गरेका छन् ।

सम्झौतासँगै म्याक्स मनीको नेपालमा सञ्जाल विस्तार भएको बताइएको छ । सम्झौतापछि म्याक्स मनीका प्रमुख कार्यकारी अधिकृत ए. अब्दुल हामिदले आफ्नो कम्पनीले नेपालमा सहज तथा छरितो बनाउने कसरत गरिरहेको बताए । उनले मलेसियामा कार्यरत हजारौं नेपालीले बिना झन्झट आफूलाई पायक पर्ने स्थान र समयमा नै नेपालमा रेमिटेन्स पठाउन सक्ने विश्वास व्यक्त गरे । त्यस्तै सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले मलेसियाको सबैभन्दा विस्तारित रेमिटेन्स सेवा प्रदायक म्याक्स मनीसँग सहकार्य गर्न पाउँदा आफूहरु उत्साहित भएको बताए ।
 

प्रकाशित: १० मंसिर २०७३ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App