कार्यसम्पादनमा प्रधानमन्त्री फेल भइसकेः गगन थापा

आइतबार, १२ असोज २०७६, २१ : ०६ नागरिक

काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेता गगन थापाले सरकारको संरक्षणमा चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट गरिएको आरोप लगाएका छन्।

पूर्वमन्त्री समेत रहेका काँग्रेस नेता थापाले शाहीमाथि कुटपिटको घटना सरकार फासिस्ट हुँदै गएको संकेत भएको दावी पनि गरे। दशैंको अवसर पारेर आइतबार काठमाडौंमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी उनले सरकारले कानुन बनाएर, एकपछि अर्को नागरिकको स्वतन्त्रताको हनन् गरेर अधिनायकवादी शासन ल्याउन खोजिरहेको पनि बताए। 

‘हिजो चितवनको घटना हेर्नुस्, एउटा नागरिक नेपालको कुनै ठाउँको माटोमा उभिएर आफ्नो विचार राख्दै गर्दा सरकारद्वारा संरक्षित तथा सरकारका मानिसहरुको आह्वानमा उसको ज्यान लिने गरी कुटपिट गरिन्छ, आज त्यहीँ पार्टीका कार्यकर्ता हिजो जे भएको छ, ठिकै भएको छ भनेर वक्तव्य निकाल्छ’, नेता थापाको आक्रोश थियो, ‘सरकारले यसरी व्यक्तिको बोल्ने स्वतन्त्रता, उसको सम्पत्तिमाथिको स्वतन्त्रता खोजेर फासिष्ट बन्ने संकेत गर्दैछ।’

नेता थापाले सत्तारुढ नेकपासँग विचार नै नभएकाले पनि सरकारको कामकारवाही प्रभावकारी हुन नसकेको दावी पनि गरे। प्रधानमन्त्रीले लगातार मन्त्रीहरुको कार्यसम्पादन चित्त नबुझेको र जाँचमा जस्ट पास भएको बताउँदै आएको भन्दै थापाले भने, ‘तपाइले मन्त्रीको मूल्यांकन गर्नुभयो। तर, नागरिकको तर्फबाट हामी तपाईको मूल्यांकन गर्छाैं। तपाईको मूल्यांकनमा तपाईका मन्त्रीहरु जस्ट भए होलान। तपाई त जस्ट पास भन्दा पनि धेरै मुनी फेल हुनुभएको छ।’ 

नेता थापाले सरकारले संसदमा ल्याएको दर्जनौ कानुन संविधान विरोधी भएकाले त्यसको विरोध गर्नु परेको पनि स्पष्ट पारे। 







यसमा तपाईको मत

अन्य समाचार

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । ...

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

Ncell Footer Ad