coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बढी शुल्क नलिन प्रभु हेलिकप्टरलाई प्राधिकरणको पत्राचार

खोटाङ– प्रभु हेलिकप्टर प्रालिले अधिक चार्टर शुल्क मागेको भन्दै उजुरी परेपछि नेपाल नागरिक उड्यान प्राधिकरणले जवाफदेही बन्न र कमजोरी नदोहोर्याउन निर्देशन दिएको छ। खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका प्रेम सुवेदीलाई काठ्माडौं लैजानका लागि हेलिकोप्टर चार्टर गर्न खोज्दा प्रभु हेलिकप्टर प्रालिका कर्मचारीले ३ लाख १५ हजारबाट बार्गेनिङ गरेर २ लाख ८५ हजार शुल्क माग गरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा उजुरी परेपछि प्राधिकरणले मानवीय संवेदनशिलता सम्बन्धी सूचना प्रवाह गर्दा जिम्मेवारी बन्न र आगामी दिनमा कमजोरी दोहोरिए कानून अनुसार कारबाही गर्ने चेतावनी सहितको पत्राचार गरेको हो। 

मन्त्रालयले छानविनका लागि गत साउन १९ गते पठाएको पत्रको आधारमा प्राधिकरणले प्रभु हेलिकप्टर प्रालिलाई ‘एक्सन’ लिएको हो। प्राधिकरणले साउन २७ गते सोधेको स्पष्टीकरणको जवाफ प्रभुले साउन ३० गते दिएको थियो। प्रभुको स्पष्टीकरण र उजुरीकर्ताको भनाईका आधारमा हेलिकोप्टर चार्टर भाडा सम्बन्धी गलत सूचना प्रवाह हुँदा बिरामी उद्धार र उपचारमा ढिलाई हुन गएको र यसबाट झेल्नु परेको कठिनाईका कारण सेवाग्राहीबाट उजुरी परेको देखिएको प्राधिकरणले प्रभुलाई पठाएको पत्रमा उल्लेख छ। 

२ लाख ८५ हजारभन्दा कम शुल्कमा बिरामी बोक्न नजाने भनेपछि खोटाङ सेवा समाज काठ्माडौंका सचिव बाजिन्द्र बिष्टले प्रभु हेलिकोप्टर प्रालि विरुद्ध गत असार १८ गते उजुरी दिएका थिए। प्रभु हेलिकप्टरले बढी शुल्क मागेपछि विरामी सुवेदीलाई १ लाख ९५ हजार तिरेर अर्को कम्पनीको हेलिकोप्टरमार्फत काठ्माडौं लगिएको थियो। त्यसभन्दा हप्ता दिन अगाडि जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका बिरामी मञ्जु कार्कीलाई १ लाख ८५ हजारमा काठ्माडौं लगेको प्रभु हेलिकोप्टरले हप्ता दिनपछि नै बढी शुल्क मागेको बिष्टले बताए। ‘फोन गर्दा सुरुमा ३ लाख १५ हजार मागियो। पछि २ लाख ८५ हजारभन्दा कममा उडाउन नसकिने जवाफ आयो,’ बिष्टले भने, ‘नागरिकलाई ठग्ने र बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने काम भएकाले सञ्चालकमाथि उजुरी हाल्न बाध्य भएँ।’ 

नेपाल सरकार मन्त्रीस्तरको २०७२ साल चैत ७ गतेको निर्णय अनुशार दुर्गम क्षेत्रमा रहेका नागरिकको लागि ‘आर ४४’ समुहका हेलीकोप्टरको चार्टर दर प्रतिघण्टा एक हजार अमेरिकी डलर निर्धारण गरिएको छ। 

प्रकाशित: १२ आश्विन २०७६ १३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App