coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पौडेलले भनेः सत्ताको आडमा सिलसिलेवार आक्रमण भयो, अब चुप लाग्दैनौं

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता मीनेन्द्र रिजाललाई तनहुँमा नेकपाका कार्यकर्ताले कार्यक्रममा उपस्थित हुन अवरोध गरेको घटनाप्रति आपत्ति जनाएका छन्। 

घटनालगत्तै विज्ञप्ति जारी गर्दै नेता पौडेलले नेकपाका कार्यकर्ताको मण्डले शैलीको अवरोधले पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य रिजालसँगै स्थानीय जनताको पनि अपमान गरेको उल्लेख गरेका छन्। 

यसअघि जागरण अभियानका क्रममा बाँकेमा सभापतिको हात भाँचिने गरी आक्रमण भएको र अहिले नेता रिजालमाथि सत्ताको आँडमा दुर्व्यवहार हुनु आपत्तिजनक रहेको भन्दै सत्तारुढ नेकपाको सिलसिलेवार आक्रमणविरुद्ध अब चुप नलाग्ने चेतावनी पौडेलले दिएका छन्। 

‘सरकारले यस्ता मण्डले शैलीमा हुने गतिविधी नियन्त्रण नगरे नेपाली कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रन बाध्य हुनेछ’, पौडेलले भनेका छन्। 

तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटन गर्न गएका नेता रिजाललाई आइतबार नेकपाका कार्यकर्ताले बाटो बन्द गरेर अवरोधको प्रयास गरेका थिए।

पौडेलको विज्ञप्तिः

तनहुँको रिसिङ गाउँपालिका भवन उदघाटनका लागि पुग्नुभएका नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाललाई नेकपाका कार्यकर्ताहरुद्धारा मण्डले शैलीमा अवरोध गरेका छन् । गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको उदघाटनका लागि नेपाली कांग्रेसका नेता पूर्वमन्त्री एंव प्रतिनीधिसभा सदस्य डा मिनेन्द्र रिजालबाट गराउने निर्णय भएको थियो । यो विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी थियो । तर नेकपा कार्यकर्ताहरुले आफ्नो गाउँपालिका भवन उदघाटनका लागि बसेका लाखौ जनतामाथि अपमान गर्दै भवन उदघाटनका लागि जान लाग्नुभएको जनतामा जान नदिनका लागि बाटो अवरोध गरेका छन् । नेकपाका कार्यकर्ताले एक्कासी मण्डले शैलीबाट बाटो अवरोध गरि कांग्रेस नेता रिजाल र तनहुँको रिसिङका जनतामाथि समेत अपमान गरेका छन् । पञ्चायतका मण्डलेहरुको शैली अनुशरण गर्दै नेकपाका नेता कार्यकर्ता फाँसिवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु । 

सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले मान्छेको अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै जान लागेका छन् । बाँके जिल्ला सभापति किरण कोइरालामाथि दोश्रो जागरण अभियानमा आक्रमण गरेको घटनाका दोषिलाई सरकारले कारवाही नगरेको अवस्थामा कांग्रेसका नेता पूर्वमन्त्री डा मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ताले फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने फाँसिवादी शैलीमा अवरोध गरेको घटना घोर आपत्तीजनक हो । सरकारले यस्ता मण्डले शैलीमा हुने गतिविधी नियन्त्रण नगरे नेपाली कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रन बाध्य हुनेछ । 

रामचन्द्र पौडेल 

वरिष्ठ नेता नेपाली कांग्रेस

प्रकाशित: १२ आश्विन २०७६ १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App