coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अशोक राईको प्रधानमन्त्रीलाई प्रश्नः ‘संविधान संशोधन किन भएन ?’

रुपन्देही- समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले दुई तिहाईको सरकार बनाउन आफ्नो पार्टीले संविधान संशोधनको शर्तसहित सरकारमा गए पनि त्यो कार्यान्वयन नभएकोमा असुन्तुष्टि जनाएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीसँग संविधान संशोधन गरेर सरकारलाई दुई तिहाई बनाएको स्मरण गर्दै कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाए। रिपोर्टर्स क्लब नेपाल प्रदेश ५ ले आइतबार बुटवलमा गरेको साक्षात्कारमा बोल्दै नेता राईले यस्तो कुरा बताएका हुन।

‘सम्झौता कार्यान्वयन भएको छैन्, प्रधानमन्त्रीलाई कार्यान्वयन कहिले गर्ने भनेर सोध्छौं’ वरिष्ठ नेता राईले भने - ‘प्रधानमन्त्रीको अभिव्यक्तिले अन्यौलता देखाएको छ।’ उनले संविधानमा थुप्रै त्रृटि रहेकाले त्यो संशोधन नभए आफ्नो पार्टीले सरकारमा बस्ने बारेमा सोच्नुपर्ने बताए।

संविधानमा भाषा, धर्म र समानुपातिक समावेशी व्यवस्था, शासकीय स्वरुप र निर्वाचन प्राणालीमै संशोधन गर्ने अडान कायम राखेको बताए। सत्तासिन पार्टीको नेता भएपनि उनले जनताको अपेक्षा अनुसार भने सरकारले काम गर्न नसकेको बताए। उनले भ्रष्टाचार र शान्ति सुरक्षामा सरकार चुकेको बताए। ‘मन्त्रीहरुले अपरिपक्क निर्णय गरेका छन्, यसले इज्जत दिएको छैन’ पूर्वमन्त्रीसमेत भइसकेका नेता राईले भने– ‘विधेयक ल्याउदा पनि कच्चा काम गरेको छ, भने नागरिक स्वतन्त्रतालाई पनि कुण्ठिन गर्न खोजेको देखिन्छ।’

ज्ञानेन्द्र शाहीमाथिको कुटपिट अन्यायपूर्ण
वरिष्ठ नेता राईले भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमण अन्यायपूर्ण भएको बताएका छन्।

उनले पञ्चायतकालमा जस्तो विरोध गर्ने बित्तिकै कुटपिट गर्ने काम गलत भएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना ‘अरिंगाल’हरु नियन्त्रण गर्न नसके त्यसले लोकतन्त्रलाई नै असर पार्ने चेतावनी  दिए।

प्रकाशित: १२ आश्विन २०७६ १२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App