८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चीनमा हावा फुस्किएर बस दुर्घटना, ३६ जनाको मृत्यु

नान्जिङ– चीनमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ। देशको पूर्वी जिङसु प्रान्तमा भएको दुर्घटनाका कारण अरु ३६ जना घाइते भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।

स्थानीय समय अनुसार शनिबार बिहान ७ बजे बस दुर्घटना भएको हो। दुर्घटनामा परेको बसमा ६९ जना यात्रु सवार थिए। यात्रुबाहक बस राजमार्गमा गुडिरहेका बेला ३ जना मानिस सहित आइरहेको ट्रकसँग ठोक्किएको थियो। 

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका आधारमा बसको टायरको हावा फुस्किएर दुर्घटना भएको देखिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सिन्ह्वा

प्रकाशित: १२ आश्विन २०७६ ११:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App