८ वैशाख २०८१ शनिबार
समाज

मनसुन अझै दश दिन सक्रिय

काठमाडौं– नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ। मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन कायम रहने सङ्केत देखिएको छ।

यो वर्ष नेपालमा मनसुन १० दिन ढिला अर्थात् जुन २० मा प्रवेश गरेको थियो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसुन यो दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न नसकिए पनि अहिले नै बाहिरिने सङ्केत भने देखिँदैन।

मनसुन अन्त्य हुनाका लागि मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै जानुपर्छ र दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन शुरु हुनुपर्छ। 

अहिले पनि मनसुन सक्रिय रही सामान्य वर्षा भइरहेकाले मनसुन अझै १० दिनसम्म कायम रहने सङ्केत देखिएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेल बताउँछन्।

‘मनसुन सधैँ एकै समय सकिन्छ भन्ने हुँदैन, मनसुन औसतमा सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने हो’  मौसमविद् कँडेल भन्छन्, ‘कहिले त्योभन्दा अगाडि र पछाडि हुन्छ।’

पछिल्लो केही वर्षको तथ्याङ्क हेर्दा नेपालमा सेम्टेम्बरमा मनसुन नसकिएर अक्टोबरसम्म पुग्ने गरेको छ। यस वर्ष पनि सेप्टेम्बरमा नसकिएर अक्टोबरसम्म पुग्ने सङ्केत देखिन्छ। 

विगत १८ वर्ष अवधिको मौसमी तथ्याङ्क हेर्दा नेपालमा पाँच वर्ष मात्र जुन १० अघि मनसुन प्रवेश गरेको छ भने अरू वर्ष ढिला नै प्रवेश भएको छ। मनसुन कायम रहने मिति पनि पछाडि धकेलिँदै गएको छ। मौसमविद्हरुले यसलाई पनि जलवायु परिवर्तनको असर हो भनेका छन्। रासस

प्रकाशित: १२ आश्विन २०७६ १०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App