८ वैशाख २०८१ शनिबार
समाज

‘नागढुङ्गामा अब जाम हुन्न’– ट्राफिक प्रहरी

काठमाडौं– केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए। २०/२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए। 

अस्तव्यस्त भएपछि जाम हटाउन सरकारले प्रहरीलाई निर्देशन नै दिनुपर्यो। महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सबै समस्या हल भइसकेको र अब त्यस्तो समस्या नहुने भन्दै नागरिकलाई आश्वस्त पारेको छ। 

‘नागढुङ्गामा सबै सहज छ, गाडी क्युमा समेत छैन, अब ढुक्कसँग यात्रा गर्दा हुन्छ, कुनै अकल्पनीय घटनाबाहेक समस्या हुने छैन’, महाशाखाका प्रहरी उपरीक्षक रविराज पौडेलले भने। उनका अनुसार अब विस्तारै उपत्यकाको चाप घट्दो क्रममा छ। 

‘दशैंका लागि सहज रुपमा घरसम्म पुग्न सक्छन्, त्यो अवस्थामा पुर्याउनका लागि ट्राफिक प्रहरी अहोरात्र खटिएको छ’ प्रहरी वरिष्ठ उपरीक्षक ढकालले भने। 

ट्राफिक प्रहरीका अनुसार अघिल्लो हप्ता केही दिन नियमित वर्षा भयो। नागढुङ्गा तलको ढलान गरिएको सडकमा गाडी चिप्लिएर रोकिए, त्यही समयमा केही गाडीहरु बिग्रिँदा यात्रुले जामको समस्या झेल्नुपर्र्यो। उक्त स्थानमा शनिबारबाट भने जाम हटेको प्रहरीले दाबी गरेको छ। 

महाशाखाका प्रमुख ढकालले यो क्षेत्रमा ४० भन्दा बढी प्रहरी खटाइएको र गाडी तान्ने दुई वटा र्याकरसमेत तयारी अवस्थामा राखिएको जानकारी दिए। रासस

प्रकाशित: १२ आश्विन २०७६ ०९:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App