८ वैशाख २०८१ शनिबार
राजनीति

महँगी र कालोबजारी नियन्त्रण गर्न संयुक्त विद्यार्थी संगठनको माग

काठमाडौं — खाद्यान्न र तरकारीमा भएको मुल्यवृद्धि नियन्त्रण गर्न संयुक्त विद्यार्थी संगठनले माग गरेका छन्। चाडवाडकोबेला अत्यावश्यक खाद्य बस्तुमा भएको मुल्यवृद्धि नियन्त्रण नगरे कडा आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन्।

अनेरास्ववियू पाचौंको कार्यालय रातोपुलमा बसेको आठ वटा विद्यार्थी संगठनको संयुक्त बैठकले  चार बुँदे मागसहित संयुक्त प्रेस विज्ञप्ति समेत जारी गरेको छ। विज्ञप्तिमा महंगी र कालोबजारी नियन्त्रण, सहज र सर्वसुलभरुपमा यातायात व्यवस्था गर्न, शान्ति सुरक्षा कायम गर्न माग गरिएको छ।

सोही विज्ञप्तिमा मेडिकल कलेजहरुले नियमविपरित  लिएको शुल्क तत्काल ब्याजसहित फिर्ता गर्न पनि मेडिकल कलेजलाई आग्रह गरिएको छ। नियमविपरत लिइएको शुल्क तत्काल फिर्ता नगरे कडा आन्दोलन गर्ने समेत चेतावनी दिइएको छ।

संयुक्त प्रेस विज्ञप्तिमा नेविसंघ पुर्वउपाध्यक्ष ऋषिकेश जंगशाह, अखिल पाचौंका अध्यक्ष घनश्याम मिश्र,अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल,अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष प्रवीण मिश्र, गोपाल किराँती निकट अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी,समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ,राष्ट्रवादी विद्यार्थी संघका अध्यक्ष तारा प्रसाद अर्याल र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्पाको हस्ताक्षर छ।

प्रकाशित: १२ आश्विन २०७६ ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App