काठमाडौं– इङलिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले इभर्टनसंग जित निकालेको छ। सनिबार राति भएको खेलमा सिटीले एभर्टनमाथि ३–१ गोल अन्तरको सहज जित दर्ता गराएको हो।
bइभर्टनको मैदान गुडिसन पार्कमा भएको खेलमा सिटीलाई जित दिलाउन ग्राबियल जिसस, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक एक गोल गरे। इभर्टनका लागि एक मात्र गोल डोमिनिक लेविनले एक गोल फर्काएका थिए।
पहिलो हाफ १–१ गोलमा सकिएको थियो। २४ औं मिनेटमा सिटीका लागि जिससले गोल गरेका थिए भने ३३ औं मिनेटमा इभर्टनका लागि लेविनले गोल गरेका थिए।
दोस्रा हाफको ७१ औं मिनेटमा महरेज र ८४ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेपछि सिटी विजयी भएको हो। जित पछि पहिलो स्थानको लिभरपुलसंगको अंक दुरी घटाएको छ। सिटी भन्दा लिभरपुल ५ अंकले अघि छ।
लिभरपुल २१ अंक सहित पहिलो स्थानमा रहेको छ भने दोस्रो स्थानको सिटीको १६ अंक रहेको छ। एभर्टन भने ७ अंक सहित १५ औं स्थानमा छ।
प्रिमियर लिग कै अन्य खेलमा टोटनह्यामले साउथम्प्टनलाई २–१ गोल अन्तरले पराजित गर्यो। टोटनह्यामको जितमा टान्गाई न्डोम्बेले र हेरी केनले एकएक गोल गरे भने डेनी इङ्सले साउथम्प्टनका लागि सान्वना गोल फर्काएका थिए।
त्यस्तै क्रिस्टल प्यालेसले नर्विचलाई २–०, उल्भ्सले वार्टफोर्डलाई २–० गोल अन्तरले पराजित गरेको छ भने एस्टोन भिल्ला र बन्र्ली तथा बर्नेमाउथ र वेस्टह्याम भने समान २–२ गोलको बराबरीमा रोकिएका छन्।
प्रकाशित: १२ आश्विन २०७६ ०६:२३ आइतबार