८ वैशाख २०८१ शनिबार
अर्थ

स्वागत पाउँदा इरानी महिला मख्ख

महेन्द्रनगर - असोज दोस्रो साताको शुक्रबार बिहान सवा आठ बजेको थियो । पिठ्युमा एक झोला भिरेर एक महिला भारतीय सीमाबाट नेपालको पश्चिमी सीमानाकास्थित गड्डाचौकी अध्यागमन कार्यालयमा पुगिन । कार्यालयमा उपस्थित कर्मचारीलाई उनले प्रश्न गरिन्, ‘इज दिस इमिग्रेसन अफिस ?’ । त्यतिबेला कार्यालयमा उपस्थित कर्मचारीले भने, ‘एस मेडम’ ।

ती महिलाले आफ्नो पासपोर्ट देखाउँदै गर्दा कार्यालयमा उपस्थित कर्मचारी शैलेन्द्र बडुले भने, ‘मेम, टुडे वी आर सेलिब्रेट वल्र्ड टुरिजम डे, सो द्याट युआर फस्ट गेस्ट फोर अस ।’ यति शब्द सुन्दा इरानकी ३५ वर्षीया फजिलाट फजेल सेफर इधैन इरानीले छेउमै अंगे्रजी भाषामा लेखिएको ब्यानर हेर्न थालिन् । उनले पहिलो पाहुनाको रुपमा आफूलाई कार्यक्रममा सहभागी हुने अनुमतिसमेत दिए ।

४० औं विश्व पर्यटन दिवसका अवसरमा पश्चिमी सीमानाका गड्डाचौकीमा पहिलो आगन्तुक पाहुनालाई ‘पहिलो पाहुना’का रुपमा स्वागत गरिन्छ । एकै छिनमा पुगेका प्रदेश ७ का उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री प्रकाश रावलले इरानी मुलुककी पर्यटक फजिलाटलाई निधारमा अविर, टाउकोमा ढाका टोपी र हातमा कञ्चनपुरको ‘मायाको चिनो’ विजयसालको अम्खरा’ हातमा थमाउँदा उनि मख्ख भइन् ।

सम्मानपछि इरानी पर्यटक फजिलाटले भनिन्, ‘मैले नेपालबारे सुनेकी थिए । तर, मेरो सौभाग्य पहिलो पटक यो देशमा प्रवेश गर्दा यतिको सत्कार मिल्नेछ भन्ने कल्पनासमेत गरेको थिइन् । अहिले सम्भवतः छोटो बसाइँ भए पनि आर्कोपालि अरु साथीसँग नेपालका सबै पर्यटकीय स्थल घुम्नेगरी आउँछु ।’

पर्यटन दिवसका अवसरमा नेपाल पर्यटक सूचना केन्द्र र भीमदत्त नगरपालिकाको आयोजनामा नेपाल भित्रिने पर्यटकलाई स्वागत सत्कार कार्यक्रम राखिएको थियो । सूचना केन्द्रका थानेश्वर लेखकले भने, ‘हामीले विगतका वर्षझैं यस दिनलाई निरन्तरता दिएका छौं । नेपाल भ्रमण वर्ष २०२० लाई यसले सहयोगी भूमिका निर्वाह गर्नेछ।’

विदेशी पाहुनाको स्वागतपछि पश्चिमेली क्षेत्रको छलिया नृत्यसहित पाहुना फजिलाटलाई गड्डाचौकी भन्सारसम्म ¥याली निकालेर स्वागत गरियो । कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले पश्चिमी नाकाबाट प्रवेश गर्ने पर्यटकलाई कञ्चनपुरमात्रै नभएर सुदुरपश्चिमका नौवटै जिल्ला घुमाउन सकिने बताए । ‘सुदुरपश्चिम पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । यहाँ पर्यटक लोभ्याउने धेरै स्थान छन् । स्वदेशी हुन् या वाह्य,’ संघका अध्यक्ष मल्लले थपे, ‘कञ्चनपुरमै हामी तीन–चार दिन तेस्रो मुलुकका पर्यटकलाई घुमाउन र रमाउन सक्छांै ।’

लामो समयदेखि पर्यटन र होटल व्यवसायमा संलग्न कञ्चनपुर होटल व्यवसायी संघका अध्यक्ष पर्मानन्द भण्डारी सरकारले सुदूरपश्चिमका लागि कनिका छरेझैं बजेट दिने भएकाले पर्यटन विकास हुन नसकेको बताए । ‘स्थानीय, प्रदेश र केन्द्र सरकारले एकजुट भएर योजना बनाउनु पर्छ । तब मात्र पर्यटन व्यवसायको विकास सम्भव छ ।’

उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री  प्रकाश रावलले जिल्लामा धेरै सम्भावना भएको बताए । ‘यहाँ पर्यटकीय प्रचूर सम्भावना छन् । त्यहाँसम्म पर्यटक पु¥याउन हामी प्रयासरत छौं,’ राज्यमन्त्री रावलले भने, ‘यसका लागि सबैको सहयोग आवश्यक छ । सरकारमात्रै नभएर स्थानीय तहले पनि पर्यटन व्यवसायमा महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।’ 

प्रकाशित: १२ आश्विन २०७६ ०६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App